Shikhar Insurance

६ महिनामा नबिलको नाफा २ अर्ब १८ करोड, यस्ता छन् अरू सूचक

सिंहदरबार संवाददाता
२०७८ माघ ७, शुक्रबार ०७:०१
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको ६ महिना २ अर्ब १८ करोड १४ लाख रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले गत आवको पुस मसान्तभन्दा १७ करोड रूपैयाँ बढी नाफा गरेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रूपैयाँ छ । जुन अघिल्लो आवको भन्दा ३९ करोड कम हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको ईपीएस पनि घटेको छ । गत पुस मसान्तसम्म २९.९९ रूपैयाँ रहेको प्रतिसेयर आम्दानी २३.५९ कायम भएको छ । यस्तै पीई रेसियो ४७.०६ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेय नेटवर्थ १८४.२८ रूपैयाँ छ ।

बैंकले खुद ब्याज आम्दानी बढाएर ४ अर्ब २१ करोड पुर्‍याएको छ । बैंकको कस्ट अफ फन्ड, खराब कर्जा र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड ३.४४ प्रतिशतमा खुम्चिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्