Shikhar Insurance

कोहीभन्दा कम्ताको छैन सिभिल बैंक, खुद नाफा ५० करोड, वितरणयोग्य नाफा नै ६९ करोड

सिंहदरबार संवाददाता
२०७८ माघ ७, शुक्रबार ०७:४६
NIMB
Nabil Bank

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामै ५० करोड रूपैयाँ नाफा गरेको छ । बैंकले गत वर्षको पुस मसान्तसम्म २० करोड २८ लाख रूपैयाँमात्र रूपैयाँ खुद मुनाफा गरेकामा यस्तो नाफा १५० प्रतिशतले बढाएको हो ।

बैंकले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ६९ करोड ७९ लाख रूपैयाँ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको ईपीएस ११.६६ रूपैयाँ कायम भएको छ । यस्तै पीई रेसियो २१.८७ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १२९.३९ रूपैयाँ छ ।

बैंकले खुद ब्याज आम्दानी बढाएर १ अर्ब ४६ करोड पुर्‍याएको छ जुन अघिल्लो वर्षको पुस मसान्तसम्म ९३ करोड रूपैयाँमात्र थियो । बैंकको कस्ट अफ फन्ड, खराब कर्जा र ब्याजदर स्प्रेड कम भएको छ भने बेस रेट बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्