Shikhar Insurance

यस्तो छ लगानीकर्तालाई प्रफुल्ल बनाउने कृषि विकास बैंकको वित्तीय विवरण, आजै ५५ औं वार्षिकोत्सव मनाउँदै

सिंहदरबार संवाददाता
२०७८ माघ ७, शुक्रबार ०८:५८
NIMB
Nabil Bank

काठमाडौं । कृषि विकास बैंकले ६ महिनामै करिब डेढ अर्ब रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४२ करोड २५ लाख रूपैयाँ नाफा गरेको हो जुन गत आवको यही अवधिभन्दा १० करोड रूपैयाँ बढी हो ।

बैंकले गत वर्षको पुस मसान्तसम्म १ अर्ब ३२ करोड १६ लाख रूपैयाँ रूपैयाँ खुद मुनाफा गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ८८ करोड १५ लाख रूपैयाँ छ ।
बैंकले दोस्रो त्रैमासिकमै ९३ करोड ७१ लाख रूपैयाँ नाफा गरेको हो ।

बैंकको ईपीएस १९.११ रूपैयाँ कायम भएको छ । यस्तै पीई रेसियो २२.३५ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २०५.४० रूपैयाँ छ ।

बैंकले ३ अर्ब ७४ करोड रूपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्षको पुस मसान्तसम्म २ अर्ब ८८ करोड रूपैयाँ मात्र थियो । राम्रो खुद ब्याज आम्दानी गर्न सकेको बैंकले अन्य आम्दानीमा पनि उल्लेख्य प्रगति गरेको छ ।

बैंकको कस्ट अफ फन्ड र ब्याजदर स्प्रेड बढेका छन् भने बेस रेट र खराब कर्जा कम भएका छन् । वित्तीय विवरणअनुसार कस्ट अफ फन्ड, बेस रेट, खराब कर्जा र ब्याजदर स्प्रेड क्रमशः ५.५१, ७.५३, २.०८ र ४.३८ प्रतिशत छन् । जुन अघिल्लो आवको पुस मसान्तसम्म क्रमशः ५.२६, ७.६७, ३.१४ र ४.३७ थिए ।

बैंकले शुक्रबार नै स्थापनाको ५५ वर्ष पुरा गर्दैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्