Shikhar Insurance

बैंकहरू खुद मुनाफा ११.६५% ले बढाउन सफल, ग्लोबल ‘टप’, सिभिल ‘मस्ट एग्रेसिभ’

सिंहदरबार संवाददाता
२०७८ माघ ७, शुक्रबार ११:४०
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अन्त्यसम्म वाणिज्य बैंकहरूले करिब १२ प्रतिशतले नाफा बढाएका छन् । नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त वित्तीय संस्थाले यस अवधिमा व्यवसाय विस्ता गर्दै नाफा बढोत्तरी गरेका हुन् ।

शुक्रबार बिहान प्रकाशित २३ वाणिज्य बैंकको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

२३ बैंकले कुल २९ अर्ब ५९ करोड ३४ लाख ७४ हजार रूपैयाँ खुद नाफा गरेका हुन् । जुन गत आवको पुस मसान्तसम्म उनीहरूले गरेको खुद नाफा २६ अर्ब ५० करोड ६२ लाख ५६ हजार रूपैयाँभन्दा ११.६५ प्रतिशत बढी हो ।

वित्तीय विवरण अनुसार ग्लोबल आईएमई, एनआईसी एशिया र नबिल बैंकले ६ महिनामै २ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । यी मध्ये एनआईसी एशियाले मंसिर मसान्तमै २ अर्ब नाफा गरेको थियो ।

पुस मसान्तसम्म ग्लोबलले सबैभन्दा बढी २ अर्ब ६६ करोड, एनआईसीले २ अर्ब ४० करोड र नबिलले २ अर्ब १७ करोड रूपैयाँ नाफा गरेको हो ।

यस्तै थप ११ बैंकले १ अर्ब रूपैयाँभन्दा बढी नाफा गरेका छन् ।
पुस मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा १ अर्ब ९१ करोड रुपैयाँ छ भने बढी नाफा कमाउने पाँचौं बैंक प्राइम कमर्सियल बैंक हो । बैंकको नाफा १ अर्ब ६७ करोड रुपैयाँ छ ।

नाफा बढाउने दर सबैभन्दा बढी सिभिल बैंकको छ । बैंकले गत वर्षको पुसको भन्दा १ सय ४८ प्रतिशतले नाफा बढाएको हो । यस्तै सिद्धार्थको नाफा ७१ प्रतिशतले बढेको छ ।

पुससम्म कुन वाणिज्य बैंकको नाफा कति ?

GBIME

प्रतिक्रिया दिनुहोस्