Shikhar Insurance

पोखरेललाई महिनाको ५ लाख तलबसहित सीईओ बनाउन समितिको स्वीकृति, आजै पठाइयो पत्र

सिंहदरबार संवाददाता
२०७८ माघ ७, शुक्रबार १८:०१
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेललाई ५ लाख रूपैयाँ तलब खाने गरी नियुक्त गर्न सहमति दिएको छ । समितिले शुक्रबार पोखरेललाई सीईओ बनाउने सहमति दिएको पत्र रिलायन्सलाई पठाइएको समितिका कार्यकारी राजुरमण पौडेलले सिंहदरबारलाई जानकारी दिए ।

कम्पनी सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेसँगै पोखरेललाई सीईओ बनेका हुन् । उनले आगामी बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पोखरलसँग बीमा क्षेत्रमा ७ वर्ष काम गरेको अनुभव छ । यसअघि समितिले पोखरलेको तलब सुविधामा अब्जेक्सन जनाएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्