Shikhar Insurance

विश्वभरको सेयर बजार ओरालो यात्रामा !

सिंहदरबार संवाददाता
२०७८ माघ ९, आईतवार ११:४०
NIMB
Nabil Bank

एजेन्सी । गत जनवरी महिना देखिनै विश्व सेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।

जनवरी महिनाको ५ मा ३६९६० को विन्दुमा रहेको डाउ जोन इन्डस्ट्रियल यहाँबाट निरन्तर ओरालो लागेर बिहीबार ३४७१४ मा बन्द भएको थियो । एस एन्ड पी ५०० पनि निरन्तर ओरालो लागिरहेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

नास्डकमात्रै बिहीबार २० प्रतिशतले गिरावट आएको थियो । युरोपमा पनि लन्डनको स्टक एक्सचेन्जको फुट्सी १.१ प्रतिशतले घटेको छ। जर्मनीको ड्यक्स पनि १.२४ प्रतिशतले ओरालो लागेको छ।

जापनको निक्कीमा ०.९ प्रतिशतले गिरावट आएको छ भने अट्रेलियन सेयर बजार पनि भारी गिरावट आएको समाचार संस्थाहरुले जनाएका छन्।

एसियन र युरोपियन सेयर बजारमा समेत निरन्तर गिरावट आइरहेको छ । सेयर बजारमा गिरावटसँगै लगानीकर्ताहरु सुरक्षित लगानीका लागि अन्य बिकल्प हरुको खोजिमा रहका छन् ।

अमेरिकी सरकारले मौद्रिक नीतिमा कडाइ गर्ने भएपछि विश्व सेयर बजारमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मौद्रिका नीतिमा कडाइसँगै आम्दानीमा प्रभाव पर्ने डरले लगानीकर्ताहरु सेयर बजारमा निरुत्साहित भएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्