Shikhar Insurance

६ महिनामै १० खर्बको आयात ! आँकडा भन्छः ५ वर्षअघि वर्षभरकै आयात योभन्दा कम थियो

सिंहदरबार संवाददाता
२०७८ माघ ९, आईतवार १३:२२
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामै १० खर्ब रुपैयाँको आयात भएको छ । देश अधिकांश वस्तुमा परनिर्भर हुँदा आयातको ग्राफ आकासिएर ५ वर्षअघि वर्षभर हुने आयातबराबरको वस्तु आयात चालु आवमा ६ महिनामै भएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा वर्षभर कुल ९ खर्ब ८४ अर्ब रुपैयाँको मात्र वस्तु आयात भएको थियो । आयातको आँकडाले चालु आवको पहिलो ६ महिनामै सो वर्षभरको आयातलाई नाघेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

विभागको तथ्यांक अनुसार पुस मसान्तसम्म ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । जुन गत आवको सोही अवधिको भन्दा आधा बढी हो । २०७७ पुस मसान्तसम्म ६ खर्ब ६१ अर्ब २४ करोडको मात्र आयात भएको थियो ।

विभागको तथ्यांक अनुसार पुस महिनामा मात्रै १ खर्ब ६१ अर्ब रुपैयाँको वस्तु आयात भएको छ जुन मंसिरमा भएको आयातभन्दा २७ अर्ब रुपैयाँ कम हो ।

नेपाल राष्ट्र बैंकले आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था गरेको भएपनि आयातमा अंकुश लागेको भने छैन । केन्द्रीय बैंकले वस्तु आयातको एलसी खोल्दा सतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो । जसको सामान्य प्रभाव आयातमा देखिए पनि आयात उल्लेख्य दरमा घटेको भने छैन ।

आयातमार्फत् स्वदेशी मुद्रा अनिन्त्रित रुपमा बाहिरिने थालेपछि पुसको सुरुमै आयातमा नगद मार्जिनको व्यवस्था गरिएको थियो ।

राष्ट्र बैंकले चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामाग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामाग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामाग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर जस्ता वस्तु आयातगर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको हो । यस्तै गरी गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन आयातकर्ताले राख्नुपर्ने व्यवस्था गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार पुस मसान्तसम्म १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जसअनुसार देशले ६ महिनामा ८ खर्ब ८० अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । यस अवधिमा आयातभन्दा निर्यातको परिमाण ८.४१ गुणा छ ।

चालु आवको पहिलो त्रैमासमा ४ खर्ब ७८ अर्ब ५२ करोडको वस्तु आयात भएकामा दोस्रो त्रैमासमा ५ खर्ब २० अर्ब ८१ करोडको भएको छ । कात्तिकमा मात्रै १ खर्ब ७१ अर्ब ७७ करोड र मंसिरमा १ खर्ब ८८ अर्ब ११ करोडको आयात भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्