Shikhar Insurance

‘लाइबोर’ फेजआउट भएपछि राष्ट्र बैंकले तोक्यो विदेशबाट ल्याउने ऋणको ‘बेञ्चमार्क’ दर

सिंहदरबार संवाददाता
२०७८ माघ १०, सोमबार ०७:२९
NIMB
Nabil Bank

काठमाडौं । ४० वर्ष पुरानो लाइबोर (लन्डन इन्टरबैंक अफर्ड रेड) फेजआउट भएपछि नेपाल राष्ट्र बैंकले विदेशबाट ल्याउने ऋणका लागि तोकिएको ब्याजदरको नयाँ बेञ्चमार्क कार्यान्वयनमा ल्याएको छ । यसअघि लाइबोर दरका आधारमा ब्याजदर तोकिनुपर्ने व्यवस्था भएकामा केन्द्रिय बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा संशोधन गर्दै ‘लाइबोर’को सट्टा ‘वान इयर बेन्चमार्क इन्टरेस्ट’ भन्ने पदावली प्रयोग गरेको हो ।

अब बैंक तथा वित्तीय संस्थाले विदेशी बैंक तथा वित्त संस्था वा प्यारेन्ट कम्पनीबाट विदेशी मुद्रामा ऋण लिँदा ऋणको ब्याजदर तत् तत् मुद्राको बेञ्चमार्क दरका आधारमा कायम हुनेछ । जस्तै अमेरिकी डलरमा विदेशी ऋण लिने हो भने सेक्युर्ड फाइनान्सिङ ओभरनाइट रेट (एसओएफआर) लाई बेन्चमार्क दर भनिएको छ । यसैगरी पाउन्ड स्टर्लिङमा ल्याइने ऋणको बेन्चमार्क

Citizen Life
Kumar Bank
Nepal Life

स्टर्लिङ ओभरनाइट इन्टरबैंक एभरेज रेट (सोनिया), स्विस फ्र्यांकमा ल्याइने ऋणको बेन्चमार्क स्विस एभरेज रेट ओभरनाइट (सारोन), जापानी येनमा ल्याइने कर्जाको बेन्चमार्क टोक्यो ओभरनाइट एभरेज रेट (टोना) तथा युरोको बेन्चमार्क दर युरो सर्ट टर्म रेट (इस्टर) कायम गरिएको छ ।

राष्ट्र बैंकले डिसेम्बर ३१, २०२१ पछि ल्याइने र नवीकरण हुने कर्जाको ब्याजदर यीनै बेन्चमार्कका आधारमा तोकिनेछन् । पुरानो सम्झौतामा फलब्याक प्रोभिजन भए लाइबोरमा आधारित स्वीकृत मार्जिनमा अधिकतम अल–इक–कस्ट ५० बेसिस प्वाइन्ट मार्जिन थप हुनेछ ।
चार दशकदेखि विश्वव्यापी वित्तीय क्षेत्रमा ब्याजदर निर्धारणको बेञ्चमार्कका रुपमा अभ्यासमा रहेको ‘लाइबोर’ (लण्डन इन्टरबैंक अफर्ड रेट) नयाँ वर्ष २०२२ को पहिलो दिनबाट ‘फेजआउट’ हुन सुरू गरेको हो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्