Shikhar Insurance

५ वर्षमा चारपल्ट बैंक अफ द इयर एनएमबिले पस्कियो गज्जवको वित्तीय विवरण, नाफामा ‘टप फाइभ’

सिंहदरबार संवाददाता
२०७८ माघ १०, सोमबार ०४:४५
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो ५ वर्षमा ४ पल्ट बैंक अफ द इयर नेपाल र सन् २०२१ मा बैंक अफ द इयर एशिया बनेको एनएमबि बैंकले ६ महिनामै १ अर्ब ७१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले व्यावसायिक कौसलता प्रश्तुत गरेको हो जसअनुसार खुद मुनाफा बैंकले गत आवको यही अवधिको भन्दा १० करोड रुपैयाँ बढी गर्न सफल भएको हो ।

एनएमबिले गरेको नाफा वाणिज्य बैंकहरुमध्ये पाँचौं धेरै हो । यो सूचीमा ग्लोबल आईएमई, एनआईसी एशिया, नबिल र राष्ट्रिय वाणिज्य बैंकपछि एमएमबि आउन सफल भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

वित्तीय विवरणअनुसार बैंकले ६ महिनामा १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ खुद मुनाफा गरेको हो । बैैंकको वितरणयोग्य नाफा ८७ करोड ४१ लाख रुपैयाँ छ । कोरोना महामारीको विषम परिवेश र बैंकहरुबीच बढ्दो प्रतिस्पर्धामाझ बैंकले नाफा बढोत्तरी गर्न सकेको हो ।

बैंकको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने घटेको छ । चुक्तापुँजी १६ अर्ब ३५ करोड रुपैयाँबाट १८ अर्ब ३६ करोड रुपैयाँ पुगेपनि मुनाफा दर सोहीरुपमा नबढ्दा ईपीएसमा सामान्य गिरावट आएको हो ।

एनएमबिको प्रतिसेयर नेटवर्थ १३६.८० रुपैयाँ कायम भएको छ जुन अघिल्लो आवको पुस मसान्तसम्म १६०.४१ थियो ।

बैंकको पुँजी पर्याप्तता अनुपात १४.०८ प्रतिशत रहँदा खराब कर्जादर २.३८ प्रतिशतबाट १.४९ प्रतिशतमा ओर्लिएको छ ।

बैंकले रिजर्भमा ५ अर्ब १९ करोड २० लाख रुपैयाँ राखेको छ । बैंकको कुल स्वपुँजी (इक्विटी) २५ अर्ब १२ करोड रुपैयाँ पुगेर बलियो बैंकका रुपमा स्थापित भएको छ । जसअनुसार स्वपुँजीको प्रतिफल (आरओई) १४.३९ प्रतिशतबाट सामान्य घटेर १३.९५ प्रतिशत कायम भएको छ ।

तीब्र प्रतिस्पर्धाले स्प्रेडदर ३ प्रतिशतभन्दा मुनि ओर्लेपछि बैंकको ब्याज आम्दानीमा गिरावट आएको छ । बैंकको स्प्रेड ४.०२ प्रतिशतबाट घटेर २.६४ मा आइपुगेको छ भने बेसरेट ७.४ बाट बढेर ८.५८ प्रतिशत कायम भएको छ । गत आवको पुस मसान्तसम्म ९२.१४ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.८८ प्रतिशत कायम भएको छ । बैंकको कस्ट अफ फन्ड सामान्य बढेर ५.७८ प्रतिशत पुगेको छ ।

बैंकले हालसम्म १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरको निक्षेप परिचालन गरी १ खर्ब ७२ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कोरोना महामारीमाझ तीब्र प्रतिस्पर्धाका कारण बैंकिङ व्यवसाय निकै प्रभावित भएको छ जसबाट एनएमबि पनि अछुतो भएन । फलस्वरुप बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको देखिन्छ । गत आवको पुस मसान्तसम्म बैंकले २ अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा चालु आवमा २ अर्ब ७१ करोड रुपैयाँमात्र गर्न सफल भएको छ । बैंकले खुद फि तथा कमिसन आय वृद्धि गर्दा तथा अन्य सञ्चालन आम्दानी बढाउँदा कुल सञ्चलान आय विस्तार गर्न सफल भएको छ । फलस्वरुप बैंकको सञ्चालन मुनाफा गत आवको पुस मसान्तको २ अर्ब २९ करोड रुपैयाँबाट विस्तार भएर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । यसबीचमा बैंकले कर्जा तथा अन्य जोखिम प्रोभिजनबाट साढे १६ करोड रुपैयाँ राइट ब्याक गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्