Shikhar Insurance

झन् कमजोर बन्दै सनराइजः नाफा र ईपीएसमा भारी गिरावट, खराव कर्जा बढ्यो, वितरणयोग्य नाफा १० करोडमात्र

सिंहदरबार संवाददाता
२०७८ माघ १०, सोमबार ०४:३५
NIMB
Nabil Bank

काठमाडौं । बैंकले ६ महिनामा साढे ७४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले ब्याज आम्दानी बढाएपनि अधिकांश वित्तीय सूचाकांकमा कमजोर बन्दै गएको आफ्नो स्थिति पस्केको हो ।

बैंकले गत आवको यही अवधिको भन्दा २० करोड रुपैयाँ कम नाफा गरेको छ । वित्तीय विवरणअनुसार बैंकले ६ महिनामा ७४ करोड ५५ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा गरेको हो । बैैंकको वितरणयोग्य नाफा १० करोड ११ लाख रुपैयाँ मात्र छ । कोरोना महामारीको विषम परिवेश र बैंकहरुबीच बढ्दो प्रतिस्पर्धामाझ बैंकले नाफा बढोत्तरी गर्न नसकेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको नाफा घट्दा प्रतिसेयर आम्दानीमा भारी गिरावट आइको छ । यहीबीचमा चुक्तापुँजी ९ अर्ब ४८ करोड रुपैयाँबाट १० अर्ब ११ करोड रुपैयाँ पुग्दा ईपीएस २०.०१ रुपैयाँबाट १४.७४ मा ओर्लेको हो ।

सनराइजको प्रतिसेयर नेटवर्थ १५१.७९ रुपैयाँ कायम भएको छ । यता खराब कर्जादर भने १.०६ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ ।

बैंकले रिजर्भमा ४ अर्ब ६० करोड ३३ लाख रुपैयाँ राखेको छ । बैंकको कुल स्वपुँजी (इक्विटी) १५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

तीब्र प्रतिस्पर्धाले स्प्रेडदर ३ प्रतिशतभन्दा मुनि ओर्लेपनि बैंकको ब्याज आम्दानी सामान्य बढेको छ । बैंकको स्प्रेड ४.१० प्रतिशतबाट घटेर २.९० मा आइपुगेको छ भने बेसरेट ७.२९ बाट बढेर ८.९४ प्रतिशत कायम भएको छ । बैंकको कस्ट अफ फन्ड ५.१४ बाट बढेर ७.७६ प्रतिशत पुगेको छ ।

बैंकले हालसम्म १ खर्ब २९ अर्ब २४ करोड रुपैयाँ बराबरको निक्षेप परिचालन गरी १ खर्ब २० अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कोरोना महामारीमाझ तीब्र प्रतिस्पर्धाका कारण बैंकिङ व्यवसाय निकै प्रभावित भएको छ जसबाट सनराइज पनि अछुतो भएन । गत आवको पुस मसान्तसम्म बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा चालु आवमा १ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ । बैंकले खुद फि तथा कमिसन आय वृद्धि गर्दा तथा अन्य सञ्चालन आम्दानी घटाउँदा पनि कुल सञ्चालन आय विस्तार गर्न सफल भएको छ । फलस्वरुप बैंकको सञ्चालन मुनाफा गत आवको पुस मसान्तको १ अर्ब ३५ करोड रुपैयाँबाट कम भएर १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । यसबीचमा बैंकले कर्जा तथा अन्य जोखिम प्रोभिजनका लागि साढे ३९ करोड रुपैयाँ छुट्याएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्