शोभाकान्तको अर्को बेइमानीः आफैं सञ्चालक भएको इमर्जिङ नेपाललाई आईपीओ अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सेयर निष्काशनको अनुमति दिने अख्तियारी पाएका सञ्चालक शोभाकान्त पौडेलले अर्को अनैतिक काम गरेको पाइएको छ । बोर्ड अध्यक्ष पद रिक्त रहेका बेला सदस्य पौडेलले बोर्ड सदस्यको आचार संहिता विपरित गइ आफैं सञ्चालक रहेको इमर्जिङ नेपाल नामक कम्पनीलाई आईपीओ अनुमति दिएको खुलेको हो । नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचार संहिता, २०७४ ले बोर्डका सदस्य कुनै पनि धितोपत्र व्यवसायी, सूचीकृत संगठन वा धितोपत्र दर्ता तथा निष्काशन गरेका संगठीत संस्थाको आधारभुत सेयरधनी वा पदाधिकारी रहेमा त्यस्ता कम्पनीको बारेमा बोर्डलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । यसैगरी सो सञ्चालक आफू सञ्चालक रहेको कम्पनीबारे हुने छलफल वा निर्णयमा सहभागी हुनु हुँदैन । तर, अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा बोर्ड सदस्य बनेका पौडेलले आफू सञ्चालक रहेको अर्को कम्पनीको आईपीओ स्वीकृत गरेका हुन् । विशाल ग्रुपको लगानी रहेको इमर्जिङ नेपालले नेपाल इन्फ्रास्ट्रचर बैंकमा लगानी गरेको छ । इमर्जिङ नेपालले सोमबार जारी पुँजीको १० प्रतिशत अर्थात् ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ जारीको अनुमति पाएको हो । इमर्जिङ नेपालको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल हो । यसअघिः बोर्डमा शोभाकान्तको बदमासी, हकप्रद स्वीकृतीअघि भाञ्जा र आफन्तलाई दिए गोप्य सूचना ! इमर्जिङ नेपालले बोर्डमा आवेदन दिएको २ महिना नबित्दै आईपीओ निष्काशनको अनुमति पाएको हो । कम्पनीले मंसिर १९ गते आईपीओ निष्काशनको … Continue reading शोभाकान्तको अर्को बेइमानीः आफैं सञ्चालक भएको इमर्जिङ नेपाललाई आईपीओ अनुमति