Shikhar Insurance

नेबिकोले नयाँ मेसिनबाट थाल्यो उत्पादन, परिस्कृत नयाँ प्रडक्ट बजारमा

सिंहदरबार संवाददाता
२०७८ माघ ११, मंगलवार ०९:०३
NIMB
Nabil Bank

काठमाडौं । लोकप्रिय बिस्कुट नेबिकोले नयाँ मेसिनबाट उत्पादन थालेको छ । कम्पनीले नयाँ भवनको उद्घाटनसँगै उत्पादन तयार पारि बजारीकरण आरम्भ गरेको हो । नयाँ भवनबाट ब्रेकफास्ट सिरियल्सका ओट्स, कर्नप्लेक्स, चोकोस लगायतका उत्पादन तयार हुन्छन् । ति उत्पादनहरु केहि समयदेखि ‘टेष्ट मार्केटिङ’का लागि बजारमा पठाइएको छ ।

नेबिकालाई स्वदेशी उत्पादनहरुमा बिस्कुटको पयार्य जस्तै मानिन्छ । ‘बिस्कुट भनेकै नेबिको’ भन्दै ५८ बर्ष अघि स्थापित ब्राण्ड आज पनि उक्तिकै लोकप्रिय छ । नयाँ भवनको कम्पनीका कार्यकारी संचालक राजेश कुमार रौनियार, संचालक हरिश चन्द, प्रमुख कार्यकारी अधिकृत केशब प्रसाद भट्टराईले संयुक्त रुपले उद्घाटन गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

आधुनिक मेशिन जडान गरि गुणस्तरमा एकरुपता सहित परिस्कृत प्रडक्टहरु तयार पारिएको कम्पनीका मार्केटिङ एण्ड ब्राण्ड हेड अरुण पौड्यालले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्