Shikhar Insurance

हिमालय एअरलाइन्स बन्यो आईएसओ सर्टिफिकेट पाउने पहिलो नेपाली एअरलाइन्स

सिंहदरबार संवाददाता
२०७८ माघ ११, मंगलवार ०९:१८
NIMB
Nabil Bank

काठमाडौं । नेपाली र चिनियाँ व्यवसायीहरुको संयुक्त लगानी रहेको हिमालय हिमालय एअरलाइन्सले आइएसओ ९००१ः२०१५; सर्टिफिकेट प्राप्त गरेको छ । नेपाली एअरलाइन्सहरुमध्ये आईएसओ प्रमाणपत्र पाउने हिमालय नै पहिलो भएको छ ।

एअरलाइन्स्ले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालीम लगायतका गुणस्तरीय सेवा प्रणाली ब्यवस्था गरे वापत उक्त प्रमाणिकरण प्राप्त गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

हिमालय एअरलाइन्स्ले यसअघि अगस्त २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ्ग सेवा वापत आइएसओबाट प्रमाणिकरण पाईसकेको थियो ।

आइएसओ ९००१ः२०१५ विश्वव्यापीरुपमै मान्यता प्राप्त स्तरिय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तराष्ट्रिय मानकीकरण संगठनद्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानक हो । जसबाट प्रमाणित संस्थाले प्रदानगर्ने वस्तु वा सेवाले स्तरीय व्यवस्थापनका माध्यमबाट आफ्ना ग्राहकहरुको आवश्यकता सन्तोषजनकरुपमा परिपूर्ति गर्ने गर्दछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्