Shikhar Insurance

टप फाइभ रेस : ग्लोबल, एनआईसी, नबिल, एनएमबि र प्राइममध्ये कुन इन्डिकेटरमा को अब्बल ? (इन्फोग्राफ)

सिंहदरबार संवाददाता
२०७८ माघ ११, मंगलवार १६:५१
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अन्त्यसम्मको वित्तीय विवरण सार्वजनिक हुँदा ग्लोबल आईएमई, एनआईसी एशिया, नबिल, एनएमबि, राष्ट्रिय वाणिज्य र प्राइम कमर्सियल बैंक सबैभन्दा अब्बल देखिएका छन् । व्यवसायको आकार ठूलो र चुक्तापुँजीमा पनि ठूला यी बैंक मुनाफा आर्जन गर्न सबैभन्दा अगाडि देखिएका हुन् ।

यी बैंकको व्यवसाय र चुक्तापुँजीमात्र विशाल छैन, व्यवसायको तरिका पनि आकर्षक छ । दोस्रो बजारमा यी बैंकको सेयर निकै रुचाइएको छ । राष्ट्रिय वाणिज्य बैंकमा सर्वसाधारण लगानी नभएकाले यो बैंकको वित्तीय सूचकांकमा धेरैको ध्यान जाँदैन ।

Citizen Life
Kumar Bank
Nepal Life

६ महिनामै १ अर्ब ६० करोड रुपैयाँभन्दा धेरै नाफा गर्ने बैंकहरु पनि यिनै हुन् ।

यी ६ बैंकबाहेक नेपाल एन्भेष्टमेन्ट बैंक, सिद्धार्थ, मेगा, प्रभु, नेपाल बैंक, कृषि विकास, सिटिजन्सले पनि अब्बल प्रदर्शन गरेका छन् । हिमालयन बैंकले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ ।

तर, आज सिंहदरबारले शीर्ष ५ मा अटाएका बैंकको वित्तीय विवरण तुलना गर्दैछ । अब हेरौं, कुन वित्तीय सूचकांकमा कुन बैंक अब्बल ?

१) चुक्तापुँजी, कुल निक्षेप परिचालन र कुल कर्जा प्रवाह
चुक्तापुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक हो ग्लोबल, आईएमई । बैंकको चुक्तापुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ ।

ठूलो चुक्तापुँजी भएको बैंकको सूचीमा प्राइम कमर्सियल बैंक दोस्रो नम्बरमा आउँछ । यो सूचीमा नबिल तेस्रो र एनएमबि बैंक चौथो स्थानमा पर्छन् ।

चुक्तापुँजी साढे ११ अर्ब रुपैयाँको भएपनि सबैभन्दा ठूलो व्यावसायिक आकार एनआईसी एशिया बैंकको छ । बैंकले सबैभन्दा बढी २ खर्ब ९४ अर्ब ९४ करोड रुपैयाँको निक्षेप परिचालन गरी २ खर्ब ६१ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ग्लोबलले २ खर्ब ७१ अर्ब ९० करोड रुपैयाँ निक्षेपबाट २ खर्ब ५६ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

निक्षेपको आधारमा राष्ट्रिय वाणिज्य बैंक र कर्जाको आधारमा नबिल तेस्रो स्थानमा आउँछ । धेरै पुँजी भएपनि प्राइम र एनएमबिको बिजनेस साइज साना छन् ।

२) खुद ब्याज आम्दानी र खुद फि तथा कमिसन आम्दानी
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा बढी खुद ब्याज आम्दानी गर्ने बैंक ग्लोबल आईएमई हो । ग्लोबलले पुस मसान्तसम्म ५ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज कमाउँदा एनआईसी एशियाले ५ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकले पनि ४ अर्बभन्दा बढी खुद ब्याज आम्दानी गरेको वित्तीय विवरणले देखाउँछ ।

बढी खुद फि तथा कमिसन आम्दानी गर्नेमा पनि ग्लोबल नै अगाडि छ । यो सूचीमा एनएमबि, एनआईसी एशिया र नबिलले ग्लोबललाई पछ्याएका छन् ।

३) खुद सञ्चालन आम्दानी
खुद ब्याज, फि तथा कमिसन आम्दानीमा अन्य व्यापार आम्दानी र अन्य सञ्चालन आम्दानी जोड्दा तथा इम्पेयरमेन्ट घटाउँदा खुद सञ्चालन आम्दानी निस्किन्छ । बैंकहरुले सार्वजिनक गर्ने वित्तीय विवरण अनुसार कतिपयले इम्पेयरमेन्ट (कर्जा तथा अन्य ह्रासका लागि गरिने प्रोभिजन) मा रकम थपेका हुन्छन् भने कतिपयले राइट ब्याक गरेका हुन्छन् ।

वित्तीय विवरणमा अदर अपरेटिङ इन्कम र इम्पेयरमेन्टलाई विशेष चासोका साथ हेरिन्छ ।

६ महिनामा टप फाइभमध्ये सबैभन्दा बढी अदर अपरेटिङ इन्कम (सेयर कारोबारबाट हुने कमाइ) गर्ने र एकमात्र प्रोभिजन राइट ब्याक गर्ने बैंक एनएमबि हो ।

वित्तीय विवरणअनुसार एनएमबि बैंकले ३८ करोड रुपैयाँ सेयर कारोबारबाट कमाएको छ । भने साढे १६ करोड रुपैयाँ राइट ब्याक गरेको छ । जसकारण ब्याज आम्दानी कम भएपनि एनएमबि खुद मुनाफाका आधारमा टप फाइभमा पर्न सफल भएको छ ।

टप फाइभमध्ये सबैभन्दा बढी प्रोभिजन नबिलले थपेको छ । नबिलले ४० करोड रुपैयाँ प्रोभिजन थप्दा एनआईसी एशियाले पनि यस्तो चार्ज ३४ करोडले बढाएको छ ।

जसअनुसार खुद सञ्चालन आम्दानीमा ग्लोबल आईएमई बैंकले टप गरेको छ । बैंकको यस्तो आम्दानी ६ अर्ब ३३ करोड हुँदा एनआईसी एशियाले ६ अर्ब बढीको खुद आम्दानी गरेको हो । नबिल बैंकले पनि ५ अर्ब रुपैयाँभन्दा खुद सञ्चालन आम्दानी गरेको छ ।

४) सञ्चालन मुनाफा
सञ्चालन आम्दानी र सञ्चालन मुनाफा फरक कुरा हुन् । आम्दानीबाट खर्च कटाएर बाँकी रहने रकम मुनाफा हो । ती खर्चहरु तलब लगायत पर्सनल खर्च, सञ्चालन खर्च र डेप्रिसियसन आदी हुन् ।

टप फाइभ बैंकमध्ये प्राइमले खुद सञ्चालन आम्दानीको सबैभन्दा बढी ६६.५ प्रतिशत सञ्चालन मुनाफा गरेको छ । नबिल र ग्लोबल पनि खर्चको हकमा मितव्ययी देखिँदा एनएमबि पनि सबल देखिएको छ ।

सबैभन्दा खर्चालु बैंक एनआईसी एशिया रहेको पाइएको छ । बैंकले आम्दानीको ३९.४४ प्रतिशतमात्र सञ्चालन मुनाफा गरेको छ ।

यी बैंकहरुमध्ये ग्लोबल र नबिलले ३ अर्ब रुपैयाँभन्दा बढी सञ्चालन मुनाफा गरेका छन् ।

५) खुद मुनाफा
सञ्चालन मुनाफाबाट राज्यलाई कर बुझाएपछि खुद मुनाफा बाँकी रहन्छ । खुद मुनाफाको आधारमा ग्लोबल आईएमई बैंक नम्बर वान बैंक हो । नबिल सबैभन्दा बढी कर तिर्ने बैंक भएकाले खुद मुनाफा गर्नेको सूचीमा तेस्रो नम्बरमा पर्दछ । दोस्रो बढी नाफा एनआईसी एशियाले गर्दा आरबीबीको नाफा चौथो, एनएमबिको पाँचौं र प्राइमको छैटौंमा पर्दछ ।

तर, खुद सञ्चालन आम्दानीको तुलनामा प्राइमले सर्वाधिक ४६ प्रतिशत खुद मुनाफा गर्दा ग्लोबल र नबिले ४० प्रतिशत बढी नाफा गर्न सफल भएका छन् ।

६) वितरणयोग्य नाफा
१ अर्ब ४८ करोड रुपैयाँसहित सबैभन्दा बढी वितरणयोग्य नाफा ग्लोबल आईएमई कै छ । नबिलले पनि शीर्षमा रहेको ग्लोबलकै करिब बराबर १ अर्ब ४५ करोड रुपैयाँ वितरणयोग्य नाफा वित्तीय विवरणमा देखाएको छ ।

७) ब्याजदर स्प्रेड, बेसरेट र कस्ट अफ फन्ड
टप ५ मध्ये सबैभन्दा बढी व्यावसायिक लागत प्राइम कमर्सियल बैंकको छ । बैंकको कस्ट अफ फन्ड ७.२९ प्रतिशत रहँदा एनआईसी एशियाको पनि ७ प्रतिशत माथि छ । ग्लोबल र नबिलको कस्ट अफ फन्ड ६ प्रतिशत माथि छ ।

यीमध्ये सबैभन्दा बढी बेसरेट एनआईसी एशियाको छ भने सबैभन्दा कम नबिलकको ७.३९ प्रतिशतमात्र छ ।

पछिल्लो समय कर्जा र निक्षेपको ब्याजदर बीचको अन्तर घट्दै गएका छन् । सबै बैंकले ४ प्रतिशतभन्दा कम स्प्रेडमा काम गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले यो दरलाई बढीमा ४.४ प्रतिशत कायम गर्न भनेपनि एनएमबिले स्प्रेड दर २.६४ कायम गरेको छ ।

बैंकको व्यवासायिक कमाइ भनेको भनेको कर्जाबाट पाएको ब्याजबाट निक्षेपमा दिएको ब्याजको अन्तर हो । जसको कम स्प्रेड हुन्छ त्यसको कमाइको आधार सानो हुन्छ ।

८) प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात र नेटवर्थ
टप ५ मध्ये सबैभन्दा बढी ईपीएस र नेटवर्थ एनआईसी एशिया बैंकको छ । बैंकको चुक्तापुँजी साढे ११ अर्बमात्र रहेकाले प्रतिसेयर प्रतिफल बढी भएको हो ।

सञ्चालनमा रहेका सबै बैंकले गत आवको खुद मुनाफाबाट बोनस सेयर बाँडेर चुक्तापुँजी बढाएका छन् । तर, एनआईसी एशियाले लाभांश बाँड्न पाएन । फलस्वरुप बैंकको ईपीएस ४० भन्दा माथि छ । दोस्रो बढी ईपीएस भएको बैंक नबिल हो ।

कम पुँजीकै कारण नेटवर्थ प्रतिशतसेयरमा एनआईसी एशिया अगाडि छ । नबिलको नेटवर्थ सबैभन्दा राम्रो १८८ रुपैयाँ देखिन्छ । तर, मूल्य आम्दानी अनुपात सबैभन्दा बढी ७४.०६ प्रतिशत छ ।

९) खराब कर्जा र प्रोभिजन
यी बैंकहरुको सूचीमा सबैभन्दा बढी खराब कर्जा आरबीबीको ३.०६ प्रतिशत छ । कुल कर्जाको यति धेरै खराब कर्जा भएको बैंकले खराब कर्जाको ११७ प्रतिशतमात्र प्रोभिजन गरेको छ ।

प्रोभिजन धेरै गर्ने बैंक एनएमबि हो । टप ५ बैंकमध्ये सबैभन्दा खराब कर्जा भएको बैंकले खराब कर्जाको सबैभन्दा बढी ३५८ प्रतिशत प्रोभिजन गरेको । ६ महिनाको वित्तीय विवरणमा प्रोभिजन राइट ब्याक गरेको देखाएपनि बैंकले अझै त्यति धेरै परिमाणको प्रभिजन बाँकी राखेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्