Shikhar Insurance

सीके राउतकाे राष्ट्रियसभा निर्वाचन बिथाेल्ने प्रयासः सर्लाहीका मेयर, उपमेयर घाइते

प्रदेश सभाका सदस्य अशोक यादवको हात भाँचिएको छ
सिंहदरबार संवाददाता
२०७८ माघ १२, बुधबार १५:१५
NIMB
Nabil Bank

जनकपुर । सीके राउत नेतृत्वका कार्यकर्ता हिंसामा उत्रिएका छन् । उनीहरुले बुधबार जनकपुरमा कयौं सरकारी गाडीमा तोडफोड गर्नुका साथै चिकित्सकदेखि जनप्रतिनिधिसम्मलाई आक्रमण गरेका छन् । बुधबार जनकपुरधाममा राष्ट्रियसभाको निर्वाचनस्थलमा ‘मल देउ, मत लेउ’ भन्दै प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ता आक्रामक रुपमा प्रस्तुत भएका हुन्

प्रदर्शनकारीले जलेश्वर अस्पतालका निमित्त प्रमुख डा.सतिष साहमाथि जनकपुरधामको पिडारी चोकमा आक्रमण गरेका थिए । आक्रमणमा घाइते भएका डा. साहको मुखमा ८ वटा टाँका लगाइएको छ । डा. साह चढ्ने प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

मधेस प्रदेशमा जारी राष्ट्रियसभा निर्वाचनमा अवरोध गर्ने उद्देश्यले सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मतदानका लागि आउँदै गरेका जनप्रतिनिधि सवार ८ वटा सरकारी गाडीमा तोडफोड गरेका छन् ।

राउतका कार्यकर्ताले जनकपुरधामको पिडारी चोकमा लाठी, ढुंगामुढा गरेर जनता समाजवादी पार्टीका प्रदेश सभाका सदस्य अशोक यादवको गाडीमा तोडफोड गरेका छन् । सो क्रममा प्रदेशसभाका सदस्य यादवको हात भाँचिएको छ ।

प्रदेश २–०३–०१ झ ००२०, प्रदेश २–०१ झ ००१८, प्रदेश २–०१ झ–००८० नम्बरलगायतको सरकारी गाडीमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले आक्रमण गर्दा सर्लाही जिल्लाका हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाई र उममेयर रेणुका पौडेल घाइते भएका छन् ।

अहिलेसम्म प्रदर्शनकारी र प्रहरी बीच भएको झडपमा ८ जना प्रदर्शनकारी तथा ४ जना प्रहरी घाइते भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्