Shikhar Insurance

अनुमतिभन्दा बढी चुनढुंगा उत्खनन् गर्ने ९ सिमेन्ट उद्योगविरुद्ध अख्तियारको मुद्दा, कुन उद्योगविरूद्ध कति बिगो ?

सिंहदरबार संवाददाता
२०७८ माघ १२, बुधबार १७:०७
NIMB
Nabil Bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यलाई हानी नोक्सानी पुर्याएको भन्दै ९ उद्योग र तिनका सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा हालेको छ । अनुमति पाएभन्दा बढी खानी उत्खनन गरी राज्यलाई तिर्नुपर्ने राजस्व नतिरेको र सामान्य जरिवानामात्र तिरेर उम्कन खोजेको भन्दै ठूला व्यवसायीलाई समेत भ्रष्टाचारीको संज्ञा दिएको हो ।

खानी तथा भुगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेविरूद्ध उपमहानिर्देशक हुँदा यी उद्योगीलाई थप राजस्व तिर्नबाट बचाएको भन्दै उनीविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा हालेको छ । उपमहानिर्देशक रेहका बेला घिमिरेले ९ वटा सिमेन्ट उद्योगले खानी उत्खननको अनुमति भन्दा बढी चुनढुंगान उत्खनन् गर्दा १ अर्ब २६ करोड रूपैयाँ राजस्व उठाउनु पर्नेमा १८ लाख रूपैयाँमात्र जरिवाना तिराएका थिए । सो कार्यमा जरिवाना नतिरेको भन्दै अख्तियारले यी उद्योगीलाई पनि मुद्दा हालिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अख्तियारले ९ उद्योगका सञ्चालकविरूद्ध बिगो कायम गरेपनि जेल सजाय माग भने गरेको छैन । उनीहरूले बिगोमात्र तिर्नुपर्नेछ ।

अख्तियारले यीमध्ये सबैभन्दा बढी बिगो पशुपति मुरारकासँग माग गरेको छ । मुरारकाको सिद्धार्थ मिनरल्सले ४९ करोड ४५ लाख ५१ हजार तिर्नुपर्ने अख्तियारको अनुसन्धानबाट खुलेको छ । यस्तै सरद गोयलको मारूती सिमेन्टले २० करोड ५० लाख नतिरेको अख्तियारको ठहर छ ।

विष्णु प्रसाद न्यौपानेको सर्वोत्तम सिमेन्टले पनि बढी चुनढुंगा उत्खनन गरेर १६ करोड ३१ लाखको क्षती पुर्‍याएको छ ।

कुन उद्योगी र सञ्चालकविरूद्ध कति बिगो ?

GBIME

प्रतिक्रिया दिनुहोस्