Shikhar Insurance

राष्ट्रिय सभा निर्वाचनः लुम्बिनी र सुदुरपश्चिममा सत्ता गठबन्धनको क्लिन स्विप, एमालेको खाली हात

सिंहदरबार संवाददाता
२०७८ माघ १२, बुधबार १७:४६
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा लुम्बनी र सुदुरपश्चिम प्रदेशबाट सबै सांसद सत्ता गठबन्धनका निर्वाचित भएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सबै प्रतिस्पर्धी पराजित भए ।

जसअनुसार लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनबाट खु्ल्लामा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्मा निर्वाचित भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सुदूरपश्चिम प्रदेशबाट पनि राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनकै उम्मेदवार विजयी भए । सुदुरबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् ।

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्