Shikhar Insurance

खल्तीले पनि पुरा गर्‍यो स्थापनाको ५ वर्ष, वर्षगाँठमा इसेवा र खल्तीको अभुतपूर्व असल व्यवहार प्रदर्शनी

सिंहदरबार संवाददाता
२०७८ माघ १२, बुधबार १८:२२
NIMB
Nabil Bank

काठमाडौं । २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले आज आफ्नो ५ औं बार्षिकोत्सब  मनाएको छ। हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्ती’ ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ। यस ५ बर्ष लाई पाँ…च बर्ष’ मान्ने कि ‘मात्र ५ बर्ष’ त?

कुनै पनि स्टार्टअप कम्पनीले पाँच बर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु हो। ‘खल्ती’ ले पनि आफ्नो ५ बर्षे लामो यात्रामा यसलाई सत्य सावित गरेको छ। तर लामो दुरी तय गर्ने हिसाबले हेर्दा ‘खल्ती’, ‘मात्र ५ बर्षको’ भएको हो । यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

युवाहरु माझ बढी प्रचलित ‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । युवाहरु ले नै भरिएको मार्केटिंग टिम भएको ‘खल्ती’ को जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिंग भन्दा भिन्न छ। आफ्नो बार्षिकोत्सबमा रमाइलो भिडियो सार्वजनिक गरि यसलाई फेरी पनि सावित गर्न सफल भएको छ।

यसै अवसरमा ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत, बिनय खड्का, भन्छन्, “आगामी दिनहरूमा हरेक उमेर समुहलाई ‘खल्ती’ प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ ‘खल्ती’लाई अझै सरल र उपयोगी बनाउने हिसाबले थप सेवा सुविधाहरू लिएर आउने हाम्रो लक्ष्य छ। प्रत्यक्ष-अप्रत्यक्ष रुपमा ‘खल्ती’सँग यो यात्रामा आवद्द हुनुभएका सबैलाई ‘खल्ती’ टिमको तर्फबाट हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु।”

हाल २३०+ संख्यामा रहेको ‘खल्ती’ परिवारले आफ्नो सफलताको सम्पूर्ण श्रेय आफ्ना प्रयोगकर्ताहरूमाझ समर्पित गर्दै ५औं बार्षिकोत्सब को अवसरमा ‘खल्ती’ ले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘रिफर एण्ड अर्न’ को धमाकेदार अफर पनि ल्याएको छ ।

हिजो मात्र नेपालको पहिलो पहिलो अनलाइन पेमेन्ट गेटवेले स्थापनाको १३ औं वर्षगाँठ मनाएको थियो । वर्षगाँठको अवसरमा इसेवा र खल्तीले प्रतिस्पर्धीबीत गतिलो भाइचाराको सम्बन्ध प्रदर्शन गरेका छन् । दुवै कम्पनीले डिजिटल नेपालका लागि सँगै काम गर्न आह्वान गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्