Shikhar Insurance

२७ वटै वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिकः स्प्रेड घटेपनि घटेन आम्दानी, नाफा १० प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०७८ माघ १२, बुधबार १९:१३
NIMB
Nabil Bank

काठमाडौं । सञ्चालनमा रहेको २७ वटै वाणिज्य बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकले दोस्रो त्रैमासको अन्त्यसम्म खुद मुनाफा गत आवको यही अवधिभन्दा औसतमा १०.१० प्रतिशते विस्तार गरेको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

विवरणअनुसार पुस मसान्तसम्म बैंकहरुले ३४ अर्ब २१ करोड ६ लाख ४७ हजार रुपैयाँ खुदु मुनाफा गर्न सफल भएका छन् । गत आवको पुस मसान्तसम्म यस्तो नाफा ३१ अर्ब ७ करोड ३२ लाख ३१ हजार रुपैयाँ थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

२७ बैंकमध्ये सबैभन्दा बढी खुद नाफा ग्लोबल आईएमई बैंकले गरेको छ । बैंकले ६ महिनामा २ अर्ब ६६ करोड रुपैयाँ नाफा गर्दा सबैभन्दा कम नाफा सिभिल बैंकको ५० करोड ४० लाख रुपैयाँ छ । तर, नाफाको वृद्धिदर सिभिलको सबैभन्दा आक्रामक १ सय ४८ प्रतिशतको छ ।

यस अवधिमा ६ वटा बैंकले गत आवको पुस मसान्तसम्मको भन्दा कम नाफा गरेका छन् ।

बढी नाफा गर्ने बैंकहरु एनआईसी एशिया, नबिल, राष्ट्रिय वाणिज्य र एनएमबि बैंक हुन् ।

तीब्र प्रतिस्पर्धामाझ बैंकहरुले नाफा विस्तार गर्न सकेका हुन् । बैंकहरुको औसत स्प्रेडदर ३ प्रतिशत कायम भएको छ । अघिल्लो पुस मसान्तसम्म यस्तो स्प्रेड ४.०६ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई स्प्रेड ४.४ प्रतिशत नबढाउन भनेपनि उनीहरुले ४.४ भन्दा निकै कम स्प्रेडमा बिजनेस गरिरहेका छन् ।२७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी स्प्रेड कृषि विकास बैंकको ४.३८ प्रतिशत र सबैभन्दा कम हिमालयन बैंकको २.२७ प्रतिशत छ ।

कर्जा र निक्षेपको ब्याजदरको अन्तर स्प्रेड दर हो । बैंकहरुले कमाइ गर्ने ठाउँ पनि यही हो । तर, स्प्रेड घटेपनि खुद ब्याज आम्दानी (ब्याज आम्दानी र ब्याज खर्चको अन्तर) १२.१३ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको पुस मसान्तसम्म उनीहरुले ६२ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा चालु आवको सोही अवधिमा यस्तो आम्दानी ६९ अर्ब ६३ करोड रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्