Shikhar Insurance

कुन वाणिज्य बैंकको कुन इन्डिकेटर कस्तो ? (विस्तारमा हेर्नुहोस्)

सिंहदरबार संवाददाता
२०७८ माघ १२, बुधबार २१:००
NIMB
Nabil Bank

काठमाडौं । सञ्चालनमा रहेको २७ वटै वाणिज्य बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकले दोस्रो त्रैमासको अन्त्यसम्म खुद मुनाफा गत आवको यही अवधिभन्दा औसतमा १०.१० प्रतिशते विस्तार गरेको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

विवरणअनुसार पुस मसान्तसम्म बैंकहरुले ३४ अर्ब २१ करोड ६ लाख ४७ हजार रुपैयाँ खुदु मुनाफा गर्न सफल भएका छन् । गत आवको पुस मसान्तसम्म यस्तो नाफा ३१ अर्ब ७ करोड ३२ लाख ३१ हजार रुपैयाँ थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

तीब्र प्रतिस्पर्धामाझ बैंकहरुले नाफा विस्तार गर्न सकेका हुन् । बैंकहरुको औसत स्प्रेडदर ३ प्रतिशत कायम भएको छ । अघिल्लो पुस मसान्तसम्म यस्तो स्प्रेड ४.०६ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई स्प्रेड ४.४ प्रतिशत नबढाउन भनेपनि उनीहरुले ४.४ भन्दा निकै कम स्प्रेडमा बिजनेस गरिरहेका छन् ।

स्प्रेड घटेपनि खुद ब्याज आम्दानी (ब्याज आम्दानी र ब्याज खर्चको अन्तर) १२.१३ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको पुस मसान्तसम्म उनीहरुले ६२ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा चालु आवको सोही अवधिमा यस्तो आम्दानी ६९ अर्ब ६३ करोड रुपैयाँ छ ।

कुन वाणिज्य बैंकको कुन इन्डिकेटर कस्तो ? (विस्तृतमा हेर्नुहोस्)

GBIME

प्रतिक्रिया दिनुहोस्