Shikhar Insurance

माघ २३ गतेसम्म सेयर किन्ने लगानीकर्ताले ज्योति लाइफको १० प्रतिशत बोनस पाउने

सिंहदरबार संवाददाता
२०७८ माघ १३, बिहीबार ११:१२
NIMB
Nabil Bank

काठमाडौं । माघ २३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताहरुले ज्योति लाइफको १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीले साधारण सभा आव्हान गर्दै बुक क्लोजको मिति समेत तोकेको हो ।

ज्योति लाइफले माघ २४ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ र सो भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले बोनस सेयर प्राप्त गर्नुका साथै साधारण सभामा सहभागी हुन पाउने भनेको छ । कम्पनीले फागुन ६ गते पोखरामा चोथौ बार्षिक साधारण सभा डाकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सुरुमा ५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश प्रस्ताव गरेको ज्योति लाइफले बीमा समितिको निर्देशनपछि १० प्रतिशत नै बोनस सेयर दिने निर्णय गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्