Shikhar Insurance

हिजो ४००ले बढेको सुनको मूल्य बिहीबार ९००ले घट्यो

सिंहदरबार संवाददाता
२०७८ माघ १३, बिहीबार १२:०४
NIMB
Nabil Bank

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो ।
हिजो सुनको मूल्य तोलामा ४०० ले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९३ हजार ९०० थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्