Shikhar Insurance

सर्लाहीमा ट्याक्टर र बस ठोक्कियाेः २४ जना घाइते, १ काे अवस्था गम्भिर

सिंहदरबार संवाददाता
२०७८ माघ १४, शुक्रबार १०:५८
NIMB
Nabil Bank

सर्लाही ।  हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ ।

भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा रोकीराखेको उखु लोड भएको ज २ त ७८१ नम्बरको ट्याक्टरमा आज बिहान सवा चार बजे ठोक्किएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये रुपन्देहीकी २५ वर्षीया कृतिका चौधरीको अवस्था गम्भिर छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । अन्य घाइतेहरुको जिल्लाका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्