Shikhar Insurance

संस्थागत सुशासनबारे २ निर्देशन अटेरी गर्ने नेपाल लाइफलाई समितिद्वारा २० हजार रूपैयाँ जरिवाना

सिंहदरबार संवाददाता
२०७८ माघ १४, शुक्रबार १४:२७
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई २० हजार रुपैयाँ जरिवाना गराएको छ । कम्पनीले कमलेश कुमार अग्रवाललाई विभिन्न ८ समिति–उपसमिति र विमल ढकाललाई ३ समिति–उमसमिति संयोजक बनाएको भन्दै १० हजार तथा अमित कुमार कयाललाई अनुभव नपुगे पनि महाप्रबन्धक नियुक्त गरेको भन्दै अर्को १० हजार रुपैयाँ तिराएको हो ।

दुई निर्देशन नमान्ने कम्पनीलाई हरेकमा १०-१० हजारका दरले जरिवाना गराएको हो । कम्पनीका सञ्चालक अग्रवालले १ सय ३८ वटा वैठकमा सहभागी भएर २९ लाख रूपैयाँ भत्ता लिएको समाचार बाहिरिएको थियो । समितिले यसबारे अध्ययन गर्दा उनी ९ वटा समिति-उपसमितिमा बसेको पाएको थियो । यस्तै अर्का सञ्चालक ढकाल ३ उपसिमितमा बसेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बीमा समितिको संस्थागत सुशासन सम्बन्धि व्यवस्थामा एउटा समिति-उपसिमितमा संयोजक रहेको व्यक्ति अर्कोमा संयोजक बन्न नपाउने व्यवस्था गरेको छ । तर, १४ मध्ये ११ वटा समिति-उपसमितिमा यी २ संयोजक छन् । संस्थागत सुशासनसम्बन्ध सो व्यवस्था कम्पनीले जानाजान उल्लंघन गरेको ठहर बीमा समितिको छ ।

यस्तै कम्पनीले अनुभव नपुगेका कयाललाई पनि जानजान महाप्रबन्धक बनाएको समितिको ठहर छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्