Shikhar Insurance

यी हुन् आयातमा कडाइ गरिएका वस्तुहरू, नगद मार्जिन कुनमा १००% र कुनमा ५०% ? (सूची)

सिंहदरबार संवाददाता
२०७८ माघ २६, बुधबार २०:१२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषिजन्य उत्पादन, च्यादर गद्दा, फर्निचर र हस्तकलाका सामानदेखि जुवातास खेल्दा प्रयोग गरिने सामान लगायत ४७ वटा हार्मोनाइज्ड सिस्टम (एचएस) कोड अन्तर्गत पर्ने वस्तु आयातमा कडाइ गरेको छ । केन्द्रिय बैंकले यसअघि नै २० वस्तुमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेकामा सूचीमा २७ वस्तु थपेको हो ।

आयातको कडाइले देशको शोधनान्तर घाटा र घट्दो विदेशी सञ्चितिमा सुधार नभएको भन्दै २३ वस्तुमा सतप्रतिशत र ४ वटामा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको छ । यससँगै आयात गर्दा अब ६ वटामा ५० प्रतिशत र ४१ वटा वस्तुमा सतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

केराउ मरिच लगायत कृषिजन्य उत्पादन, खाद्यपदार्थ समेत घडि, साबुन, लत्ताकपडा, प्लास्टिकका सामान, छालाका पदार्थ र हतियात, बहुमूल्य धातु, गहना, पोषाक र सजावटका सामान आयातमा कडाइ गरिएको हो ।

४७ वस्तु आयातमा कडाइः थप २३ वटामा सतप्रतिशत र ४ वटामा ५० प्रतिशत अनिवार्य मार्जिन

 

यसअघि नै नगद मार्जिन राख्नुपर्ने व्यवस्था भएको वस्तुहरुः

क) सतप्रतिशत नगद मार्जिन राख्नुपर्नेहरु

०९०७ – ल्वाङहरु (सिङ्गो ल्वाङ र भेट्नो) ।

३३०१ – सुगन्धित वा शरीर सफाई सम्बन्धी पानी ।

३३०५ – कपालमा प्रयोग गरिने सामानहरु ।

७०१० – कांचका कारब्वाय, बोतल, फ्ल्यास्क, सुराही, भांडा कुंडा, सिसी (फायल) हरु, एम्पुलहरु र यस्तै किसिमका मालसामानहरु राख्ने (आधान पत्रहरु), वा ओसार पसार गरिने काममा प्रयोग गरिने खालका भांडाहरु; कांचका संरक्षण (प्रिजर्भिङ्ग) भांडाहरु (जार्स); कांचका ठेडीहरु, ढकनी (लिड्स) र अन्य बन्द गर्ने बिर्कोहरु (क्लोजर्स) ।

७१०६ – अप्रभावित वा अर्ध निर्मित रुपमा वा धूलोको रुपमा चांदी (सुन वा प्लाटिनममा चाँदीको जलप लगाईएको) ।

१७ – चिनी र चिनीबाट बनेको पदार्थ (कन्फेक्शनरी)

२२ – पेय पदार्थ, स्प्रीट्स र सिरका (भेनेगार)

२४ – सुर्ती र सुर्तीबाट उत्पादित सुर्तीका प्रतिस्थापकहरु

४४ – काठ र काठबाट बनेका सामान; काठको गोल

६४ – पाउपोश, गेटर (वा गेंटिस) र यस्तै वस्तुहरु, त्यस्ता वस्तुहरुका अङ्ग (पार्ट) हरु

६५ – शिरपोश र तिनका पार्टपुर्जाहरु

६६ – छाता (अम्ब्रेला), घाम छेक्ने छाता (सन्–अम्ब्रेला), हिड्ने घुम्ने काममा प्रयोग हुने लट्ठी (वाकिङ्ग–स्टिक), बस्न हुने खालको छडी (सिट–स्टिक), कोर्रा वा चाबुक (ह्वीप), घोडचढीको छोटो चाबुक (राइडिङ्ग क्रप्स) र तिनका पार्टपुर्जाहरु

६७ – तयार गरिएका प्वाखहरु (फेदर्स) र भूवा (डाउन) र प्वांख र भूवाबाट बनाइएका वस्तुहरु; कृत्रिम फूलहरु; मानिसका रौंबाट बनेका वस्तुहरु

६८ – पत्थर, प्लाष्टर, सिमेण्ट, एस्बेस्टोस (अश्मतन्तु), अबरख वा यस्तै किसिमका पदार्थहरुबाट बनेका वस्तुहरु

६९ – चिनियाँ माटाका उत्पादनहरु (सेरामिक प्रोडक्ट्स)

९५०४४०० – खेल्ने तासहरु ।

९४०३ – अन्य फर्निचर र तिनका पार्टपूर्जाहरु ।

 

ख) ५० प्रतिशत नगद मार्जिन राख्नुपर्नेहरुः

८७०३ – मूलतः मानिसको यातायातको लागि बनेका मोटर कारहरु र अन्य मोटर गाडीहरु (शीर्षक ८७.०२ बाहेकका),स्टेसन वागेन र रेसीङ कार समेत

८७११ – मोटरसाइकलहरु (मोपेड सहित) र साइड कार रहित वा सहित साइकलमा सहायक मोटर जडान गरेको साइडकारहरु ।

GBIME

प्रतिक्रिया दिनुहोस्