Shikhar Insurance

‘नयाँ एक्स्चेन्ज र ब्रोकरलाई लाइसेन्स आवश्यक भएमात्र दिन्छु’ (अन्तर्वार्ता)

रमेश हमाल
२०७८ फाल्गुन ५, बिहीबार १८:१०
NIMB
Nabil Bank

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् ।

उनी आफ्नो पृथक प्रस्तुतीकरण हेरेर सरकारले नियुक्ति दिएको दावी गर्छन् । उनले विगतमा बिग्रिएको बोर्डको शाख जोगाउने आफ्नो प्रमुख दायित्व हुने उनको भनाइ छ । उनले धितोपत्र बोर्डमा बसेर यी ३–४ वटा काम पुरा गर्ने अठोट लिएका छन् । उनले नयाँ स्टक एन्स्चेन्ज र ब्रोकरको आवश्यकता अध्ययन गरेर मात्र लाइसेन्स दिइने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रस्तुत छ, उनै हमालसँग सिंहदरबारकर्मी दिलु कार्कीले गरेको संक्षिप्त कुराकानी :

तपाईं कुनै राजनीतिक दलसँग नजोडिएको मान्छे, यो नियुक्तीलाई राजनैतिक पहुँचको नियुक्ति मान्ने कि क्षमता अनुसारको नियुक्ति ?
यो क्षमताको आधारमा गरिएको नियुक्ति हो जस्तो मलाई लाग्छ । मलाई सरकारले आउट अफ द बक्स थिंकर सोचेर ल्याएको जस्तो लाग्छ ।

बजारभन्दा बाहिरको मान्छे ल्याउँदा नयाँ तरिकाले बजारको समस्या समाधान गर्न सक्छ भन्ने सरकारले महसुस गरेको हुनुपर्छ । म आफूलाई पनि त्यसो लाग्छ ।

धितोपत्र बजार राम्रो भयो भने तपाईं हामी सबैको हित हुन्छ । देशको हित हुन्छ ।

मेरो प्रस्तुतीकरण पनि अरुभन्दा पृथक थियो । त्यही हेरेर सरकारले मलाई पत्याएको हो ।

तपाईंबाट धितोपत्र बजार, सरकार र आम सरोकारवालाबाट के अपेक्षा गर्ने ?
म नेपालको फाइदाको लागिमात्र काम गर्ने मान्छे हुँ । यसमा शंका गर्नै पर्दैन । मेरो प्रमुख दायित्व भने नियामकको शाख जोगाइराख्नु हो, जुन बितेको केही अवधिमा निकै खस्किएको छ । संस्थालाई बलियो बनाउने हो । संस्थामा बस्ने टिमलाई बलियो बनाउने हो ।

धितोपत्र बजारमा नीतिगत परिवर्तन र सुदृढिकरण गर्नुपर्छ भन्ने केही औंल्याउनु भएको छ ? केही अध्ययन पक्कै गर्नुभयो होला !
नेपालको धितोपत्र बजार एउटै प्रकारको इक्विटी (सेयर)मा मात्र प्ले भइरहेको छ । धेरै विषय हेर्नुपर्ने छ ।

बजारको जोखिक, डाइमेन्सन सबैलाई ख्याल पु¥याउनुपर्ने छ । साना लगानीकर्ताको प्रोटेक्सन बारे सोचिनुपर्ने छ ।

कार्यकालमा के गर्छु भन्ने मैले स्पष्ट रोडम्याप बनाएको छु । प्रस्तुतीकरणमा समावेश गरेको छ । उहाँहरुले मलाई छान्नुको कारण मेरो पृथक बुझाइसहितको प्रस्तुतीकरण पनि हो जस्तो मलाई लाग्छ ।

मेरो अन्तर्राष्ट्रिय स्तरमा करिब ३ दशक काम गरेको अनुभव छ । वित्तीय, कानुनी, व्यवस्थापन पक्षलाई मैले धेरै देशमा बसेर केलाएको छु । नेपालको मात्र होइन, संसारभरको बिजनेस इन्भारोमेन्ट मैले देखेको छु ।

मैले हेर्ने नजर अरुको भन्दा अलि फरक हुन्छ ।

धितोपत्र बोर्डमा बसेर ३–४ वटा माइलस्टोन, टार्गेट हुनुपर्छ । संस्थाको क्षमता विकास, साना लगानीकर्ताको प्रोटेक्सन, बजारमा उत्पादनको विविधिकरण, हेजिङ इन्स्ट्रुमेन्ट, अप्सन तथा फिचर बजारका लागि आवश्यक हुन्छ ।

नयाँ उपकरण केके हुन सक्छ ?
ईटीएफ (एक्स्चेन्ज ट्रेडेड फन्ड), फिचर्सहरु हुन्छन् । त्यसमा विभिन्न अप्सन हुन्छन् । प्राइस फिक्सिङ मेकानिज्म हुन्छन् । कमोडिटी बजारका अरु पक्ष छन् ।

३ वर्षपछि मलाई ५० टन वायर चाहिन्छ भने आज नै मूल्य फिक्स गर्ने ? भन्ने सोच्न सकिन्छ । किनकी भोलि मुल्य बढ्न सक्छ । यस्तै नयाँ सोचले बजारमा इन्टरेक्स विकास गर्ने हो ।

स्थायित्वका लागि सुरुमा इन्स्ट्रुमेन्ट थाहा पाउनुप¥यो । गफ गरेर मात्र हुँदैन ।

नयाँ स्टक एक्स्चेन्ज, बैंकलाई ब्रोकर लाइसेन्स आदि पनि तपाईंका कार्ययोजनामा पर्लान् ?
यस विषयमा गहन अध्ययन गरेरमात्र बोल्न उपयुक्त होला । होलिस्टिक अध्ययन गर्छु, आवश्यक देखिए अनिमात्र बोल्छु । हचुवाको भरमा अभिव्यक्ति दिन मिल्दैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्