राष्ट्र बैंकले बाटो खोलिदिए बैंकबाट लगानी झिकेर म नै बाहिरिन्छु (अन्तर्वार्ता)

आफूलाई उद्योगी भन्न रुचाउने र कृषकहरूको पक्षपोषण गर्ने पवन गोल्यान बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको अध्यक्ष पनि हुन् । व्यापार नगर्ने प्रण गरेका पवन गोल्यान निजी क्षेत्रका छाता संस्थाहरुमा पनि लाग्दैनन् । तर, एनएमबि बैंकका अध्यक्ष उनी परिसंघको अध्यक्ष भने हुन् । ‘स्वदेशी लगाउँ, स्वदेशी खाउँ’ भन्ने गोल्यानले पछिल्लो ४ वर्षदेखि कृषि क्षेत्रमा आक्रामक लगानी गरिरहेका पनि छन् । गोल्यानको २५ वर्षदेखि चलिरहेको धागो मिल छ, त्यो रिलायन्स स्पिनिङ मिल्स हो । पवन गोल्यानले कृषि प्रवर्द्धनका लागि माटो ब्रान्ड ल्याएका छन् । आफूलाई किसानहरूको आवाज बोक्ने व्यक्ति मान्ने गोल्यान २ खर्बको आयात विस्थापित गरी ५ खर्ब बराबरको कृषि उपज निर्यात गर्न सक्ने सम्भावना नेपालको रहेको बताँउछन् । उनी बैंकिङ प्रणाली, कृषि, उद्योग तथा राजनीतिको सुक्ष्म विषयको ज्ञान राख्छन् । प्रस्तुत छ, उनै गोल्यानसँग सिंहदरबारले गरेको कुराकानीः आयात बढेको छ, रेमिट्यान्स घटदा विदेशी विनिमय सञ्चितीमा चाप परेको छ । बैंकमा तरलताको अवस्था नाजुक छ, उद्योगी व्यवसायीले ऋण नपाएको गुनासो गर्ने पर्ने अवस्था छ भने बैंकहरुले धमाधम ब्याजदर वृद्धि गरिरहेका छन् । देशमा यस्तो परिदृष्य कसरी तयार भएछ ? के देख्नु हुन्छ ? मुलक आज यो अवस्थामा पुग्न हामी सबै जिम्मेवार छौं । सबैभन्दा पहिले हाम्रो बैंकिङ क्षेत्रलाई नै दोषी मान्नुपर्छ । यो क्षेत्रबाट कर्जा … Continue reading राष्ट्र बैंकले बाटो खोलिदिए बैंकबाट लगानी झिकेर म नै बाहिरिन्छु (अन्तर्वार्ता)