मन्त्रीपरिषद पुनर्गठनको तयारी, अर्थमन्त्री फेरिँदै

काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको मन्त्रिमण्डल पुनर्गठनको तयारी सुरु भएको छ । सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने समझदारी बनेको हो । सरकारमा रहेका चारवटै पार्टीले आफ्ना केहि मन्त्रीलाई फिर्ता बोलाउन लागेका हुन् । त्यसो त माओवादी केन्द्र, एकिकृत समाजवादी र जसपाले यस अघि नै मन्त्रीहरुलाई आधा कार्यकालका लागि मात्रै नियुक्त गरिएको सन्देश सार्वजनिक गरिसकेका थिए । काँग्रेससहित सरकारमा रहेका सबै दलहरुले आफ्ना केहि मन्त्रीलाई फिर्ता गरेर नयाँ मन्त्री नियुक्त गर्नेछन् । निर्वाचन आचारसंहिता कार्यान्वयन हुनु अगावै मन्त्री मण्डल पुनर्गठन गरिसक्ने योजनामा सत्ता गठबन्धन रहेको छ । ‘मन्त्रीमण्डल पुनर्गठनका बारेमा गठबन्धनको उच्च तहमा छलफल भएको छ, केहि मन्त्रीरु हेरफेर हुनेछन् भने केहि मन्त्रालय समेत साटफेर हुन सक्छन्’, उच्च श्रोतले सिंहदरबारसँग भन्यो । श्रोतका अनुसार माओवादीले अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता गर्ने तयारी गरेको छ । शर्मालाई मन्त्रीबाट र्फिता गरेर पार्टी महासचिव बनाउन लागिएको माओवादी केन्द्र निकट एक नेताले बताए । शर्माको ठाउँमा बर्षमान पुनलाई अर्थमन्त्री बनाउने तयारीमा प्रचण्ड छन् । ‘अर्थमन्त्रीज्यूलाई फिर्ता बोलाएर पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिनेबारे शिर्ष तहमा छलफल भएको छ’, माओवादी केन्द्र निकट एक नेताले भने । त्यसो त केहि मन्त्रालयहरु समेत साटफेर हुने सम्भवना रहेको श्रोत बताउँछ । माओवादीलाई परराष्ट्र मन्त्रालय दिएर काँग्रेसले अर्थमन्त्रालय लिने सम्भावना समेत छ । त्यस्तो अवस्थामा वर्षमान पुनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी … Continue reading मन्त्रीपरिषद पुनर्गठनको तयारी, अर्थमन्त्री फेरिँदै