Shikhar Insurance

लगानीकर्ता ठग्नेलाई तुरुन्तै कारवाही हुन्छ,लागत घटाउन ब्रोकर शुल्क घटाइन्छ–बोर्ड अध्यक्ष हमाल

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २३, सोमबार १६:०६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने भएको छ । बोर्डका नव नियुक्त अध्यक्ष रमेश हमालले साना लगानीकर्ताको हितका लागि ब्रोकर कमिशन घटाउने गर्ने घोषणा गरेका हुन् ।

साथै लगानीकर्ता ठग्ने ब्रोकरलाई तुरुन्तै कारवाही गरिने उनले प्रतिवद्धता समेत गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार राजधानीमा बोर्डले आयोजना गरेको प्रत्रकार सम्मेलनमा उनले साना लगानीकर्ताको हित प्रवद्र्धनका लागि बोर्डले गर्नुपर्ने कामका कुनै पनि प्रकारको सम्झौता नगर्ने बताएका हुन् ।

बोर्डले साना लगानीकर्ताहरुलाई कसरी संरक्षण गर्ने? बजार नियमावलीमा होस् हाम्रो सुपरिवेक्षणमा होस्, चाहे त्यो जुन सुकै बिषयमा होस् सबै कुरा बोर्डको साना लगानीकर्ताको हित प्रवद्र्धन मै केन्द्रित हुने उनको भनाइ छ ।

‘लगानीकर्ताको पैसा ब्रोकर साथीहरुले जान/अन्जानमा कसैले पनि दुरुपयोग गरेको थाहा पाए बोर्डले तुरुन्तै कारवाही गर्छ,’ बोर्ड अध्यक्ष हमालले भने, ‘लगानीकर्ताको लागत घटाउन शुल्क समायोज गर्ने लगायतमा थप अध्ययन गरी काम अघि बढाउछौं ।’

साना लगानीकर्ताहरुलाई अप्ठ्रो पर्ने ठगिने अवस्था नआओस् भनेर काम गरिरहेको र ‘टी प्सल टु’ सेटलमेन्ट नभएको पाइएमा  ब्रोकरलाई तुरुन्तै कारवाही गर्ने उनले घोषणा गरे ।

‘साना लगानीकर्तालाई नियमनकारी निकायले सदैव हेरेको छ, नजरमा राखेको छ । उनीहरुको हित नै बोर्डको प्राथमिकतामा राखेको छ,’ उनले थपे, ‘लगानीकर्ता बजारको गुनासो व्यवस्थापनको लागि एप नै बनाएर गुनासो व्यवस्थापन गरी समाधान गर्ने तयारी गरेका छौं ।’

साना लगानीकर्ताको प्रवद्र्धनको लागि बोर्डले आफ्नो सुपरिभिजन चुस्त र पारदर्शी बनाउने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्