Shikhar Insurance

नियामकले डण्डा लगाउने चाल पाएपछि ग्लोबल भन्छः टाइपिङ गर्दा १२.०३% भएछ, सच्याईसक्यौं

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २४, मंगलवार १८:३९
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्र तथा सञ्चार माध्यममा ग्लोबल आइएमई बैंक चर्चा चुलिँदो छ । बैंकले नेपाल राष्ट्र बैंकले निर्धारण गरेको ब्याजदरको सीमा उल्लघंन गर्दै निक्षेपकर्तालाई ब्याज दिएको प्रमाण बाहिरीएपछि बैंकको विवादमा परेको हो ।

राष्ट्र बैंकले निक्षेपको ब्याजदरमा गत कात्तिकमै १० प्रतिशतको सीमा निर्धारण गरेको थियो । जसअनुसार बैंकहरुले अघिल्लो महिनामा कायम निक्षेपको अधिकतम ब्याजदरमा औषत कायम गरी १० प्रतिशतले मात्र थपघट गर्न पाउँछन् । सोही नीतिको कार्यान्यवन गर्दै वाणिज्य बैंकहरुले फागुन महिनामा व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर ११.०३ प्रतिशत कायम गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकको ब्याजदर नीतिअनुसार बैंकहरुले व्यक्तिगतको भन्दा संस्थागत १ प्रतिशत कम र रेमिट्यान्स निक्षेपमा १ प्रतिशत बढीसम्म ब्याजदर दिन मिल्छ । सोभन्दा माथि कुनैपनि हालतमा बैंकहरुले ग्राहकलाई ब्याज दिन पाउँदैनन् ।

तर, ग्लोबल आइएमई बैंकले गत फागुन १५ गते व्यक्तिगत मुद्धतीमै १२.०३ प्रतिशत ब्याजदर तोकेर २ बर्षको लागि ४ करोड रुपैयाँ निक्षेप उठाएको प्रमाण बाहिरीयो । बैंकको सुन्धारा शाखा कार्यलयबाट पूर्व अर्थ मन्त्री डा. प्रकाश चन्द्र लोहनीलाई नियामकको निर्देशन विपरित गएर ब्याज दिने सम्झौता गरेको थियो ।

यसरी बैंकले गैरकानुनी रुपमा बढी ब्याज दिने सम्झौता गर्दै निक्षेप बटुलेको बाहिर आएपछि राष्ट्र बैंकले लिखित स्पष्टिकरण समेत सोधिसकेको छ । बैंकले दिएको निर्देशन विपरित कारोबार गरेको सूचना बाहिरीएपछि स्पष्टिकरण सोधिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सिंहदरबारलाई जानकारी दिए ।

‘निर्देशनहरुको अवज्ञा भएको विषय राष्ट्र बैंकले आफ्नो हिसाबले हेर्छ ग्लोबल आइएमई बैंकको यो विषयमा पनि चासो राखेको छ,’ प्रवक्ता भट्टले सिंहदरबारसँग भने, ‘ग्लोबल आइएमई बैंकको यसअघिका पनि नियम उल्लंघनका कुराहरु आएका छन्, बैंकबाट थप विवरणहरु माग गरी छानबिन गरिरहेका छौं । नियतबस नै निर्देशनको अवज्ञा गरिएको पाइएमा कारवाहीको प्रक्रिया अघि बढाउँछौं ।’

राष्ट्र बैंकले स्थलगत तथा विषेश निगरानी सुपरिवेक्षणको गरी थप छानबिन गर्ने उनले जानकारी दिए ।

यता बैंकले भने राष्ट्र बैंकले तोकेको ब्याजदरको नीति नियतवस उल्लघंन नगरेको स्पष्ट पारेको छ । कर्मचारीको कमजोरीले गर्दा झुल बस सो सम्झौतापत्र तयार भएको बैंकका डेपुटी सीईओ महेश शर्मा ढकालले सिंहदरबारलाई बताए ।

‘बैंकले नियतबस नियामकको निर्देशन विपरित गएर बढी ब्याज दिएको हैन, भुलबस सम्झौतापत्र तयार हुँदा ११.०३ प्रतिशत हुनु पर्ने ठाँउमा १२.०३ प्रतिशत टाइप भएको हो,’ डेपुटी सीईओ ढकालले भने, ‘सुन्धार ब्राञ्च २७ फेब्रुअरीमा गएको थियो, हामीलाई भोली पल्ट थाहा भयो, २८ फेब्रुअरीमै ग्राहकलाई बोलाएर १२ होइन ११ नै हो भनेर लेखेर नै दिएका छौं ।’

बैंकले गल्ती सुधार गरिसकेका पछि मिडियामा आउँदा राष्ट्र बैंकलाई समेत सच्चाइएको सम्झौतापत्र स्पष्टिकरणमा पेश गरिसकेको उनले जानकारी दिए ।

‘मिडियामा त धेरै पछि यो कुरा आएको हो, तर हामीले ग्राहकलाई नै ११.०३ प्रतिशत ब्याजदरको नयाँ सम्झौतापत्रमा हस्ताक्षर नै गराएर दिएका छौं । हामीसँग भएको प्रमाण यही हो, राष्ट्र बैंकमा समेत दुबै सम्झौतापत्र पेश गरिसकेका छौं ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्