बीमा समितिले बढायो कम्पनीहरुको चुक्ता पुँजीः जीवनले ५ अर्ब र निर्जीवन साढे २ अर्ब रुपैयाँ

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको छ । बिहिबार बसेको समिति सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको पुँजी बढाउने निर्णय गरेको हो । आगमी चैत मसान्तभित्र जीवन कम्पनीहरुको ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब रुपैयाँ अगामी कायम गर्नु पर्ने समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले सिंहदरबारलाई जानकारी दिए । समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ बनाउने निर्णय गरेको हो । हाल जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । समितिले जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरु पुँजी १५० प्रतिशतले बढाउने निर्णय गरेको हो । बीमा कम्पनीहरुले २०७९साल असार मसान्तसम्म तोकिएको पुँजी पुर्याउने गरि पुँजी पृद्धिको योजना पेश गर्नुपर्नेछ । बीमा कम्पनीहरुले आगामी ३० दिन भित्र पुँजी वृद्धि सम्बन्धी पेश गर्नुपर्नेछ ।