Shikhar Insurance

दुबईमा घर सम्पति जोड्ने व्यवसायीको तथ्यांक केलाउँदै सरकार

सिंहदरबार संवाददाता
२०७९ बैशाख ३, शनिबार १९:३५
NIMB
Nabil Bank

काठमाडौं । सरकारले दुबईमा घर सम्पति जोड्ने व्यवसायीहरुको तथ्यांक संकलन सुरु गरेको छ ।

देशमा विदेशी मुद्रा सञ्चिति घट्दै गएर अर्थतन्त्र नै संकटमा पुग्न लागेको चर्चा चलेपछि सरकारले विदेशमा चलअचल सम्पति जोड्ने व्यवसायीहरुको तथ्यांक संकलन गर्न थालेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

केहि दिन अघि अर्थमन्त्रालयमै आयोजीत पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले दुबईमा नेपाली व्यवसायीहरुले भिल्ला खरिद गरेको तथ्य उजागर गरेका थिए ।

अर्थतन्त्रमा अहिले देखिएको संकटउन्मुख अवस्थाको एउटा कारण नेपाली व्यवसायीहरुले विदेशमा चल अचल सम्पति जोड्नु पनि प्रमुख हो भन्ने मन्त्री शर्माको संकेत थियो ।

‘विज्ञ जानकारहरुका अनुसार कोभिडका बेलामा विदेशका कम्पनीहरुले नेपाली कामदारहरुलाई अतिरिक्त(एक्स्ट्रा) पैसा दिए । घरमा पठाउनुपर्छ भनेर कोभिडको महामारी व्यवस्थापन गर्न लोनका रुपमा एक्स्ट्रा पैसा दिए । त्यो पनि अहिले फिर्ता गर्ने क्रम पनि छ । हुण्डी पनि जोडिकै छ । अहिले नेपालीहरुका दुबईमा धेरै भिल्लाहरु छन् । त्यो त नेपालबाटै गएको पैसाले त किनेको होला ।’, मन्त्री शर्माले पत्रकार सम्मेलनमै भनेका थिए ।

अर्थमन्त्रालय श्रोतका अनुसार केहि व्यवसायीहरुले दुबई सहितका देशहरुमा भिल्ला खरिद गरेको गोप्य सूचनाका आधारमा सरकारले सुक्ष्म निगरानी सुरु गरेको हो ।

केहि महिनाअघि नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र उद्योगी पवन गोल्यानले आफ्ना छोराहरुको विवाह दुबईमा गरेका थिए । एक हप्ता भन्दा बढि समय लगाएर करोडौं रकम खर्चिएर नेपाली व्यवसायीहरुले दुबईमा वैवाहिक समारोह आयोजना गरेपछि सरकारको चासो बढेको हो ।

दुबईमा विवाह गर्ने व्यवसायीहरुले उतै भिल्लाहरु खरिद गरेको हुन सक्ने भन्दै सरकारले निगरानी बढाएको थियो । त्यस्तो निगरानीका क्रममा केहि व्यवसायीहरुले दुबईमा आलिसान महल खरिद गरेको प्रारम्भिक सूचना सरकारले संकलन गरेको हो ।

‘नेपालको कानुनले नेपाली नागरिकलालाई विदेशमा लगानी गर्न, धन सम्पति जोड्न बर्जित गरेको छ, तर नेपालका केहि व्यवसायीहरुले विदेशमा चल अचल सम्पति जोडेको संकेत फेला परेका छन्, प्रणाली मार्फत आउनुपर्ने पैसा हुण्डी मार्फत उतै राखेको र त्यसको कहाँ कहाँ उपयोग भएको हो ? हामी निगरानी गरिरहेका छौं ।’, अर्थ मन्त्रालय निकट उच्च श्रोतले भन्यो । तर, मन्त्री शर्माले भने एक कदम अघि बढ्दै विदेशमा चल अचल सम्पति जोड्ने व्यवसायीहरुले यतैबाट पैसा लगेको हुन सक्ने बताईसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्