Shikhar Insurance

‘राष्ट्र बैंक र अर्थ मन्त्रालय व्यक्ति नभएर संस्था हो, भोलि काम गर्दा पूर्वाग्रह राख्दिनँ’ (विचार)

महाप्रसाद अधिकारी, गभर्नर
२०७९ बैशाख ७, बुधबार १३:०२
NIMB
Nabil Bank

सबैलाई धेरै धेरै धन्यवाद छ ।

यो छोटो अवधिमा नेपाल राष्ट्र बैंकको स्वायत्तता र देशको अर्थतन्त्रको सन्दर्भमा जे–जति संवेदनशील रुपमा समग्र सञ्चारमाध्यम, सोसाइटी, सामाजिक सञ्जाल, राजनीतिक नेतृत्वबाट जुन किसिमको संवेदनशीलता महसुस गरेर सरोकार जनाइएको छ, त्यो सबैका लागि, देशका लागि महत्वपूर्ण विषय हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थतन्त्र र केन्द्रीय बैंकको सन्दर्भमा यो संवेदनशीलता सबैले बुझिदिनु भएको छ ।

यी बीचमा घटेको घटनाक्रमका लागि मैले सम्मानित सर्वोच्च अदालतसमक्ष रिट निवेदन पेश गरेको थिएँ, त्यस सिलसिलामा हिजोमात्र अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको छ ।

मलाई आफ्नो पदीय जिम्मेवारी केन्द्रीय बैंकको गभर्नरको रुपमा काममा निरन्तरता दिनु भन्ने आदेश भएको हुँदा म आज यहाँ हाजिर भएको छु ।

सम्मानित सर्वोच्च अदालतसमक्ष पेस भएको निवेदन त्यहाँ विचाराधिन छ, अन्तिम आदेश आउन बाँकी छ । त्यसो हुनाले म धेरै कुराहरु म राख्न चाहन्नँ ।

जेजस्तो प्रतिक्रिया आयो, त्यसका लागि म समाजका प्रत्येक तप्का, सबैप्रति आभार व्यक्त गर्दछु । भोलिका दिनमा मैले पेश गरेको निवेदनमाथि थप सुनुवाई र कारबाही हुँदै जाँदा नेपाल राष्ट्र बैंकको स्वायत्तता, मौद्रिक नीति, मौद्रिक र आर्थिक स्थायित्व सम्बन्धमा यसरी नै सकारात्मक सन्देश आउने आशा राखेको छु ।

यहाँहरु सबैको सकारात्मक भाव सद्भाव सहानुभुतिका लागि व्यत्तिगत तर्फबाट पनि आधार व्यक्त गर्दछु । म एउटा माध्यममात्र हुँ, समग्र सिस्टमका लागि आएको आदेश हो जस्तो लाग्छ । यहाँहरुले पनि म व्यक्ति भन्दा पनि सिस्टमका लागि बोलिदिनु भएकामा धन्यवाद र आभार व्यक्त गरेर म आफ्नो जिम्मेवारीमा खट्न चाहन्छु ।

तर, एउटा विषयमा मैले बोल्नै पर्ने हुन्छ । गभर्नर, राष्ट्र बैंक, अर्थमन्त्री वा मन्त्रालय व्यक्ति नभएर संस्था नै हो । विभिन्न घटना र परिघटनाले यस्ता स्थिति ल्याउँछ । तर, हामीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहँदा गर्नुपर्ने समन्वय, सम्पर्क नियमित रुपमा गर्छौं नै, त्यसमा कुनै किसिमको आग्रह/पूर्वाग्रह राखेर काम गर्ने भन्ने विषय हुँदैन । हामी त्यसमा सतर्क रहन्छौं ।

(सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएसँगै बुधबार नियमित काममा फर्किएपछि नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले दिएको प्रतिक्रिया जस्ताको तस्तै ।)

GBIME

प्रतिक्रिया दिनुहोस्