Shikhar Insurance

अधिकांश बैंकका लगानीकर्ताको प्रतिफल घट्यो, बैंकर भन्छन्–‘एलसी खोल्न नपाए अझै घट्छ’

लगानीको रिर्टन बढाउन सेञ्चुरी अब्बल
दिलु कार्की
२०७९ बैशाख ११, आईतवार १७:५१
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुको व्यवसाय सुस्ताएसँगै लगानीकर्ताले पाउने प्रतिफल पनि घटेको छ । गत आर्थिक वर्षको ९ महिनाको तुलनामा वाणिज्य बैंकहरुको औषत रिटर्न अफ इक्विटी (आरओइ) चालु आवको सोही अवधिमा १.६४ प्रतिशतले घटेको हो ।

गत आवको चैत मसान्तसम्म वाणिज्य बैंकहरुको औषत आरओइ १३.५४ प्रतिशत थियो । जुन चालु आवको सोही अवधिमा ११.८९ प्रतिशत कायम भएको नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

औषत आरओइ घटेपनि यो अवधिमा ७ वटा वाणिज्य बैंकहरुले लगानीकर्तालाई दिने प्रतिफल बढाएका छन् भने २० वटा वाणिज्य बैंकको आरओई घटेको छ ।

के हो आरओई ? यसको असर कसलाई कस्तो पर्छ ?
सेयरधनीहरुले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई रिटर्न अफ इक्विटी (आरओइ) भनिन्छ । जसमा लगानीकर्ताको लगानीमा पुँजीसँगै रिजर्भ समावेश गरिएको हुन्छ ।

सञ्चालनमा रहेका सबै वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब माथि छ । कुनै ८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको वाणिज्य बैंकको २ अर्ब रिजर्भमा हुँदा त्यसको कुल पुँजी १० अर्बको हुन्छ ।

यदी त्यो बैकले २ अर्ब रुपैयाँ नाफा कमाएमा त्यसको रटर्न अफ इक्विटी २ भाग १० गर्दा २० प्रतिशत बैंकको रिटर्न अफ इक्विटी हुन्छ ।
चालु आवको चैत मसान्तसम्म २७ वाणिज्य बैंकको आरओई ११. ८९ प्रतिशत छ ।

यसरी हेर्दा बैंकहरुमा औषतमा एक जना लगानीकर्ताले कुनै एक वाणिज्य बैंकमा १०० रुपैयाँ लगानी गर्दा चालु आवको चैत मसान्तसम्मको नाफाबाट ११ रुपैयाँ ८९ पैसा लगानीको प्रतिफल पाउँछ । जुन अघिल्लो आवको सोही अवधिमा १०० रुपैयाँ लगानी वापत १३ रुपैयाँ ५४ पैसा थियो ।

व्यवसाय व्यवस्थापन गर्न नसक्दा आरओइ घट्यो, एलसी खोल्न नपाए अझै घट्ने
अघिल्लो आव वर्षको चैतदेखि शुरु भएको कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभावमा अझै पनि कतिपय क्षेत्र छ । साथै, पछिल्ला केही महिना यता बैंकिङ प्रणलीमा देखिएको लगानी योग्य रकम (तरलता) अभावको समस्याले गर्दा बैंकहरुले नयाँ कर्जा विस्तार गर्न पाएका छैनन् ।

व्यवसाय विस्तारको लागि निक्षेप संकलन गर्न बैंकहरुले बढाएको ब्याजको खर्च व्यवस्थापन गर्न नसक्दा आरओइ घटेको नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसी बताउँछन् ।

‘कोभिडको समयमा बैंकहरुले रेटहरु घटाएको थियो, अहिले निक्षेपको रेट माथि गइरहेको अवस्थामा पनि बैंकहरुले सोही अनुसार कर्जाको ब्याजदर बढाएका छैनन् । यो सबै कुराहरुले गर्दा स्प्रेड घटेको अवस्था हो,’ एनएमबि बैंकका सिइओ समेत रहेका संघका उपाध्यक्ष केसीले सिंहदरबारसँग भने, ‘अन्य देशको तुलनामा नेपालका बैंकहरुले सेवा शुल्क पनि कम छ, बैंकहरुको खर्च बढ्दो छ भने आम्दानी घट्दो छ । त्यसैले पनि लगानीको प्रतिफल घटिरहेको हो ।’

मूल्य वृद्धिसँगै बैंकहरुको सञ्चालन खर्च बढेको तर, आम्दानी घटेको हुँदा विगतका वर्षहरुको तुलनामा बैंकहरुबाट लगानीकर्ताले पाउने प्रतिफल घटिरहेको उनले बताए ।

‘पेट्रोलियम पदार्थको देखि लिएर हरेक सामानको मूल्य वृद्धि भइरहेको छ भने ब्याजदरलाई स्थायी राख्नलाई बैंकहरुले खर्च बढेपनि कर्जाको रेट रेट पनि बढाएका छैनन्, यसले गर्दा बैंकहरुको आरओइ घट्दो क्रममै छ,’ उनले थपे, ‘ विगत १० वर्षयता बैंकहरको आरओई करिब ८/१० प्रतिशतले नै घटिसकेको छ, बैंकिङ व्यवसाय भनेको लामो समयको व्यवसाय हो, योभन्दा पनि बढी घट्यो भने लगानी पलायन भएर अप्ठ्यारो स्थीति आउन सक्छ । ’

साथै, पछिल्लो समय अर्थमन्त्रालय र राष्ट्र बैंकले अनौपचारीक रुपमा प्रतितपत्र (एलसी) मा लगाएको प्रतिबन्धले पनि बैंकहरुको आम्दानी घट्न गइ चालु आवको चौथो त्रैमासमा लगानीको प्रतिफल अझ घट्न सक्ने उनको अनुमान छ ।

‘बैंकहरुले कष्ट अफ फण्ड बढेपनि लेन्डिङ रेट बढाएका छैनन्, त्यसले गर्दा पनि बैंकहरुको मार्जिन कम भएको हो, बैंकहरुले राख्न पाउने भन्दा पनि १ प्रतिशत कम नै औषत स्प्रेडरेट छ । यी सबै कुराहरुले पनि आरओइ घटेको हो,’ संघका उपाध्यक्ष केसीले भने, ‘बैंकहरु तेस्रो त्रैमास सकिएसँगै चौथो त्रैमासको वित्तीय विवरणको राम्रो बनाउने प्रेसरमा छन्, आम्दानीका बाटोहरु घटिरहेको छ, बैंकहरुले एलसी पनि खोलिरहेका छैनन्, भने नयाँ कर्जा पनि दिएका छ्रैनन् । अब एलसीको बिजनेश धेरै घट्छ, यसले बैंककोको आम्दानीको धेरै असर गर्ने हुँदा चौथो त्रैमासमा बैंकहरुको आरओइ अझ घट्ने सम्भावना छ ।’

बैंकहरुले अर्थतन्त्र सुधारको लागि सरकारलाई सहयोग गरी आम्दानीको स्रोत घटाएकै कारणले बैंकहरुको आरओइ घटेको उनको भनाइ छ ।

लगानीकर्तालाई दिने प्रतिफल बढाउने बैंकमा सेञ्चुरी अघि, नेपाल बैंकको ऋणात्मक हुनुको कारण यस्तो
गत आवको चैत मसान्तमा कायम आरओइमा चालु आवको सोही अवधिमा सेञ्चुरी कर्मसियल, सिभिल, नेपाल एबिआई, स्ट्याण्डर्ड चार्टर्ड, एनसीसी, माछापुच्छ्रे र सनराइज बैंकको आरओइ ०.३४ प्रतिशतदेखि ७.८५ प्रतिशतसम्म वृद्धि भएको छ । जसमा सबैभन्दा बढी सेञ्चुरी बैंकले र सबैभन्दा कम सनराइज बैंकले लगानीकर्तालाई दिने लगानीको प्रतिफलमा वृद्धि गरेको हो ।

सो अवधिमा बाँकी २० वटा वाणिज्य बैंकको भने ०.०३ प्रतिशतदेखि १७.३९ प्रतिशतसम्मले लगानीकर्ताले पाउने लगानीको प्रतिफल घटेको छ । जसमा सबैभन्दा बढी नेपाल बैंकको र सबैभन्दा कम एनआइसी एशिया बैंकको आरओई घटेको हो ।

गत आवको ९ महिनासम्म नेपाल बैंकमा १ सय रुपैयाँ लगानी गर्ने लगानीकर्तालाई बैंकले ९ रुपैयाँ ४६ पैसा लगानीको प्रतिफल दिएको थियो । तर, चालु आवको सोही अवधिमा बैंकमा सोही परिमाणमा लगानी गर्ने लगानीकर्ता ७ रुपैयाँ ९३ पैसा ऋणमा छन् । एक वर्षमा बैंकको आरओइ १७.३९ प्रतिशतले घटेको हो ।

बैंकले खुद नाफामा वृद्धि नभए चुक्ता पुँजीमा वृद्धि गर्दा आरओइ घटेको तर, आगामी असार मसान्तसम्म आरओइमा बढाउनमा बैंक अहिलेदेखि नै लागेको बैंकका कार्यकारी अधिकृत (सीइओ) कृष्ण बहादुर अधिकारी बताउँछन् ।

‘गत वर्ष ९ महिनाको तुलनामा चालु आवको ९ महिनामा ७ करोड रुपैयाँ खुद नाफा घटेको छ भने १४ प्रतिशत चुक्ता पुँजी बढेको छ,’ बैंकका सीइओ अधिकारीले सिंहदरबारसँग भने, ‘ क्यापिटल करिब २ अर्बले बढ्दा खुद नाफा नबढ्दा पनि आरओइ घटेको हो ।’

गत कात्तिक महिनादेखि लगातार बढेको निक्षेपको ब्याज अनुसार बैंकले स्प्रेडदर बढाएर कर्जाको दर बढाउन नपाएको हुँदा आम्दानी घट्दा आरओइ समेत घटेको उनको भनाइ छ ।

‘नेपाल बैंकको आरओइ घट्यो भनेर लगानीकर्ताले अहिले आत्तिनु पर्ने केही छैन्, चौथो त्रैमासमा आरओइ राम्रो बनाउन हामीले मेहनत गरिरहेका छौं, असार मसान्तमा राम्रो आरओइ राम्रो हुन्छ,’ सीइओ अधिकारीले थपे, ‘कात्तिकदेखि महिनै पिच्छे निक्षेपको ब्याजदर बढ्यो, बेसरेट त्रैमासिक रुपमा मात्र परिवर्तन गर्न पाउने हुँदा त्यसलाई कर्जामा ट्रान्सफर गर्न पाएनौं, स्प्रेडपनि कम भएर आरओइ घटेको हो ।’
माघ र महिनामा बढेको निक्षेपको ब्याजदर बैशाखदेखि कर्जाको ब्याजदरमा ट्रान्सफर गरिएको हुँदा चौथो त्रैमासमा ब्याज आम्दानी बढी आरओइ समेत बढ्ने उनको दावी छ ।

‘निक्षेपमा बढेको ब्याजदर कर्जाको ग्राहकलाई हामीले बैशाखदेखि मात्र ट्रान्सफर गर्न पाएका छौं, त्यसको आम्दानी पनि असार मसान्तसम्म प्लस हुन्छ भने हाम्रो विजनेश भोलुम राम्रो छ, त्यसबाट घटेको आरओइ स्वाभिक मेकअप हुन्छ, यो बर्ष इन्डस्टि लिट नै नेपाल बै्रंकले गरिरहेको छ, असार मसान्तसम्म रेगुलर बिजनेशले नै आरओइ बढाउन सहजै सकिन्छ,’–सिइओ अधिकारीले भने ।
राष्ट्र बैंकले दिएको नीति निर्देशन पालना गरेर व्यवसाय गर्दा खुद नाफा घटेपनि आगामी दिनको व्यवसायले असार मसान्तसम्म बैंकको वित्तीइ सुचांक सबै सकारात्म हुने उनको दावी छ ।

‘हामीले राष्ट्र बैंकले दिएको पोलिसीहरुलाई पुर्ण रुपले पालना गरेर अघि बढ्दा प्रोफिट केही घटेको हो, कतिपय बैंकले प्रिमियम बढाए, प्रिमियमै खेल्ने बैंकहरु धेरै छन् । केही बैंकहरुको् ७ प्रतिशत माथिसम्म स्प्रेड छ तर हामीले त्यसो नगरी व्यवसाय गर्दा आरओई बढाउन नसकेका हौं, अब असार मसान्तमा आरओइ अवश्य बढ्छ’–उनले भने ।

कुन बैंकको आरओइ कति ?
सामान्यतय कुनैपनि बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताले त्यसको प्रतिफल १५ देखि २० प्रतिशतसम्म पाउने अपेक्षामा लगानी गरेका हुन्छन् । भने सोही रेसीयोमा आरओई भएको बैंकलाई राम्रो आम्दानी भएको मानिन्छ ।

तर चालु आवको चैत मसान्तसम्म २२ वटा वाणिज्य बैंकको आरओई १५ प्रतिशतभन्दा कम छ । जसमा ७ वटा वाणिज्य बैंकको आरओई १० प्रतिशतभन्दा कम छ भने नेपाल बैंकको आरओइ ७ प्रतिशत ऋणात्मक छ ।
चालु आवको ९ महिनामा सबैभन्दा बढी रिटर्न अफ इक्विटी (आरओइ) एनआइसी एशिया बैंकको र सबैभन्दा थोरै बैंक अफ काठमाण्डूको छ ।

एनआइसी एशिया बैंकको २० प्रतिशतमाथि २३.२६ प्रतिशत आरओइ छ भने, माछापुच्छ्रे, ग्लोबल आइएमई, प्राइम र एनएमबि बैंकको आरओइ १५ प्रतिशत माथि छ ।

यस्तै, सानिमा, शिद्धार्थ, नबिल, एनसीसी, स्ट्यान्डर्ड चार्टर्ड, प्रभु, मेगा, कुमारी, सेञ्चुरी, राष्ट्रिय वाणिज्य, सनराइज, सिटिजन्स, सिभिल, नेपाल एबिआइ, नेपाल इनभेष्टमेन्ट र एभरेष्ट बैंको आरओइ १० प्रतिशत माथि छ । साथै, नेपाल बंगलादेश, हिमालन, कृषि विकास, लक्ष्मी र बैंक अफ काठमाण्डूको १० प्रतिशतभन्दा कम आरओइ छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्