Shikhar Insurance

सुनसरी–मोरङ औद्योगिक करिडोरमा फेरी १२ घण्टा लोडसेडिङ

रोविन पौडेल
२०७९ बैशाख १४, बुधबार १३:१४
NIMB
Nabil Bank

काठमाडौं । देशको पुरानो सुनसरी–मोरङ औद्योगीक करिडोर क्षेत्रमा पुनः लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले मौखिक सूचनाका आधारमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म विद्युत कटौती सुरु गरेको छ । बुधबार भने बिहान ११ बजेदेखि पुनः बिजुलीको लाइन काटिएको छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भिम घिमिरेले साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म विद्युत काट्न थालिएको र बुधबार बिहान ११ बजेदेखि सुनसरी–मोरङ औद्योगीक करिडोरमा पुरै विद्युत आपूर्ति बन्द गरिएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

रिलायन्स स्पिनिङ मिल्सका भाइस प्रेसिडेन्ट महेश पोखरेलले पनि दैनिक १२ घण्टा भन्दा बढी अवधी विद्युत आपूर्ति बन्द भैरहेको बताए । ‘रातभरि त विद्युत आपूर्ति बन्द भएकै थियो, आज ११ बजेबाट फेरी बत्ति काटिएको छ’, रिलायन्सका भाइस प्रेसिडेन्ट पोखरेलले सिंहदरबारसँग भने ।

परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरेले झरी सुरु नहुँदासम्म नियमित विद्युत आपूर्ति गर्न नसक्ने जानकारी विद्युत प्राधिकरणले दिएको बताए ।

डीजेल पेट्रोलको मूल्य समेत निरन्तर बढिरहेको अवस्थामा सहज विद्युत आपूर्ति नहुँदा नेपाली उद्यमी व्यवसायीहरुको उत्पादन लागतमै समस्या आउन सक्ने उनीहरुको गुनासो छ । बिशेष गरि निर्यातजन्य उद्योगहरुलाई नियमित विद्युत उपलब्ध गराउनुपर्नेमा पनि व्यवसायीहरुले जोड दिएका छन् ।

उद्योग संगठन मोरङका पूर्व उपाध्यक्ष तथा पूर्व ऊर्जा संयोजक राकेश सुरानाले उद्योगीहरु सातामा बढीमा २ दिनसम्म लोडसेडिङ बेहोर्न तयार रहेको बताए । ‘असहज स्थितिमा हो भने सातामा कम्तिमा ५ दिन बत्ति दिनुस्, हामी सहयोग गर्न तयार छौं’ उनले भने ।

हामीलाई पनि गाह्रो छः प्राधिकरण
नेपाल विद्युत प्राधिकरण क्षेत्रिय वितरण कार्यालयका प्रमुख राजन ढकालले विद्युत आपूर्तिमै समस्या रहेकाले उद्योगी व्यवसायीहरुले मागेजति विद्युत दिन नसकिएको बताए ।

‘डिमाण्ड र सप्लाईमा मिसम्याच भएको छ, भारतमै पर्याप्त विजुली छैन्, हामी उच्चतम दरमा किन्न प्रस्ताव हाल्दा पनि पाईरहेका छैनौं, त्यसैले वितरणमा समस्या भएको हो’, बिराटनगर क्षेत्रिय प्रबन्धक ढकालले सिंहदरबारसँग भने ।

उनले नेपालका नदिहरुमा पानीको बहाब नबढ्दासम्म अहिले देखिएको समस्या पूर्ण रुपमा समाधान हुने सम्भावना नरहेको पनि बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्