Shikhar Insurance

भौतिक मुद्रा व्यवस्थापन गर्न खुलेको राष्ट्र बैंक डिजिटल मुद्राको बहसमाः डेपुटी गभर्नर मिश्र

सिंहदरबार संवाददाता
२०७९ बैशाख १४, बुधबार १४:४७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बम बहादुर मिश्रले खाना, नाना र छाना आयात गर्नुपर्ने बाध्यताले बाह्य क्षेत्रमा चाप परेको बताएका छन् । बैंकको ६७ औं वार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य राख्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् ।

मिश्रले राष्ट्र बैंक आवश्यकताअनुसार लचिलो र कसिलो हुनुपर्ने बताउँदै कोभिड कालमा लचिलो भएकाले अहिले कसिलो भएको दाबी गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले राष्ट्र बैंक डिजिटल मुद्रातर्फ अघि बढेको बताए । मिश्रले भौतिक मुद्रा व्यवस्थापनका लागि स्थापना भएकामा अहिले डिजिटल मुद्राको बहससम्म पुगेको दाबी गरे ।

वार्षिकोत्सवको अवसरमा केन्द्रीय बैंकले पूर्व गभर्नर डा. तिलक रावललाई सम्मान गरेको छ । राष्ट्र बैंकले सेवा निवृत्त भएका पूर्व कार्यकारी निर्देशक र २० वर्ष सेवाअवधि पुरा गरेका कर्मचारीलाई पनि सम्मान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्