Shikhar Insurance

सुनको मूल्य बढ्यो, चाँदी भने स्थिर

सिंहदरबार संवाददाता
२०७९ बैशाख २६, सोमबार १२:०६
NIMB
Nabil Bank

काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन अर्थात् सोमबार सुनको भाउ १ सय रुपैयाँले बढेको छ । आइतबार छापावाल सुन ६०० रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६ सय रुपैयाँ कयम भएकोमा सोमबार थप १ सय रुपैयाँले बढेर ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै सोमबार तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सुनचाँदी बजारमा सोमबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने आइतबारको बराबरमै कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्