Shikhar Insurance

अष्ट्रेलियाका लगानीकर्तालाई नेपालमा ल्याउन परिसंघको आग्रह, राजदुतको यस्तो जवाफ

सिंहदरबार संवाददाता
२०७९ बैशाख २६, सोमबार १८:२९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ । नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको संभावना रहेकाले त्यस्ता क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न पहल गरिदिन परिसंघले आग्रह गरेको हो ।

परिसंघले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्न पनि राजदूत भोल्कसमक्ष आग्रह गरेको छ । कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा उत्पादन वृद्धिका लागि लगानी अभाव भएको भन्दै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

‘नेपालमा स्वास्थ्य र शिक्षामा लगानीका अवसरहरू छन्,’ उनले भने । उनले नेपाल र अष्ट्रेलियाबिचको मैत्रिपूर्ण सम्बन्धलाई झनै मजुबद बनाउनका लागि संस्थागत रूपमा व्यावसायिक क्षेत्रहरूको पहिचान र पहलमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा राजदूत भोल्कले नेपालमा सहयोग र सहकार्यलाई विस्तारका लागि आफूले पहल गर्ने बताइन् । उनले अष्ट्रेलियाका लगानीकर्ताले छिमेकी देशका परियोजनाहरूमा काम गरिरहेको भन्दै भावी दिनमा त्यस्ता कार्यक्रम नेपालमा विस्तार गर्न पहल गर्ने पनि उल्लेख गरिन् ।

छलफलमा उपस्थित क्षेत्रगत विज्ञहरूले कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण, जलविद्युत विकासमा रहेका अवसर, नेपालमा अष्ट्रेलियाको विश्वविद्यालयको उपस्थितिसहित गुणस्तरीय शिक्षाको विस्तारमा जोड दिए । यसैगरी नेपालमा सञ्चालित व्यवसायिक तालिमहरुलाई अष्ट्रेलियामा समेत मान्यता गराउनका लागि आवश्यक नीतिगत सहजीकरण हुनुपर्नेमा उनीहरूको जोड छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्