Shikhar Insurance

सुनको भाउ घट्यो, कतिमा हुँदै कारोबार ?

सिंहदरबार संवाददाता
२०७९ बैशाख २७, मंगलवार ११:२०
NIMB
Nabil Bank

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ । साताको आइतबार र सोमबार बढेको सुनको भाउ मंगलबार भने घटेको हो ।

आज छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा करोबार भईरहेको छ । सोमबार छापावाल सुनको भाउ ९८ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै तेजावी सुनको भाउ पनि तोलामा ७ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९८ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै गरी आज चाँदीको भाउ अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेर तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्