Shikhar Insurance

बजेटपछि पेट्रोलको भाउ १ सय ८३ र ग्यासको २६ सय ५० रूपैयाँ !

सिंहदरबार संवाददाता
२०७९ बैशाख २७, मंगलवार १७:२२
NIMB
Nabil Bank

काठमाडौं । आगामी बजेटमार्फत लागतअनुसार मूल्य समायोजन गरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने व्यवस्था गरिने भएको छ । स्वतः सञ्चालित मूल्य प्रणाली कार्यान्वयनमा रहेपनि खरिद मूल्य अनुसार विक्री मूल्य कायम भएको थिएन । अब भने बजेटमै लागत मूल्यमा तेल बेच्ने गरी व्यवस्था हुने भएको हो ।

यस्तो कार्यक्रम बजेटमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत यो कार्यान्वयन हुने बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत चैत २२ गते अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले इन्धनलाई लागत मूल्यमै बेच्न निर्देशन दिएका थिए । तर, मन्त्री शर्माको निर्देशन व्यवहारमा भने ल्याइएको थिएन ।

अबभने आगामी आवको बजेटमा सो व्यवस्था उल्लेख गर्ने तयारी गरिएको छ ।

चालु आवमा नेपाल आयल निगम ३५ अर्ब रुपैयाँ घाटामा गइसकेको छ । निगम बचाउनै भएपनि भारतबाट तेल जुन मूल्यमा आउँछ त्यतिमै बेच्नुपर्ने स्थिति आएको छ ।

निवर्तमान नेतृत्व सुरेन्द्र पौडेलले गत अघिल्लो आवको अन्त्यसम्म सञ्चित गरेको राखेर रकमबाट निगमले तेल किनेर बेच्दै आएको छ । हालसम्म सञ्चित मुनाफा रित्तिरिए मूल्य स्थिरीकरण कोषको रकम पनि तेल किन्न उपयोग भइसकेको छ ।

निगमले पेट्रोलियम पदार्थको घाटा थेग्न नसक्ने भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आफ्नो तर्फबाट पेट्रोलियम खपत घटाउने विभिन्न उपाय सुझाउँदै आएको छ । जसमध्ये शनिबार र आइतबार गरी २ दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदबाट भइसककेो छ । निगमले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउन पनि सुझाव दिएको छ ।

निगमका अनुसार सरकारले अहिले पेट्रोलमा प्रतिलिटर ६०, डिजलमा ४३, मट्टितेलमा १३ र ग्यासमा प्रतिसिलिन्डर ३ सय ३ रूपैयाँ कर लिँदै आएको छ । जसलाई समेत जोड्दा निगमलाई पेट्रोल र डिजलको लागत मूल्य १ सय ८३ रूपैयाँ, मट्टितेलको १ सय ४० रूपैयाँ र ग्यासको २६ सय ५० रूपैयाँ लाग्नेछ ।

अहिले निगमले पेट्रोलमा प्रतिलिटर २३ रूपैयाँ, डिजलमा ४० रूपैयाँ र ग्यासमा १ हजार ५० रूपैयाँ घाटा बेहोरेर बेचिरहेको छ ।

सरकारले बजेटमार्फत कर नघटाइ पेट्रोलियमको परल मूल्य निर्धारण गर्‍यो भने पेट्रोलको भाउ १८३ रुपैयाँ २ पैसा र डिजेलको १८३ रुपैयाँ १३ पैसा र ग्यासको मूल्य २६५० रूपैयाँ १८ पैसा पुग्नेछ । अर्थात् बजेटको भोलिपल्टै पेट्रोलको मूल्य लिटरमा २३ रुपैयाँ २ पैसा र डिजेलको मूल्य ४० रुपैयाँ १३ पैसा र ग्यासको १ हजार ५० रूपैयाँले बढ्नेछ ।

इन्धनमा लाग्ने कर पनि हटाउने हो भने पेट्रोलको भाउ प्रतिलिटर १ सय २३, डिजलको १ सय ४०, मट्टितेलको १ सय २७ र ग्यासको भाउ २३ सय ४८ रूपैयाँ पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्