Shikhar Insurance

जजिराको पहिलो उडान जेठ २ गते मध्यरातमा गौतम बुद्ध बिमानस्थल आइपुग्ने (उडान तालीका)

सिंहदरबार संवाददाता
२०७९ बैशाख २७, मंगलवार १९:३६
NIMB
Nabil Bank

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सको पहिलो उडान मध्यरातमा आइपुग्ने भएको छ । जजिराको उडान राती १ बजेर ४५ मिनेटमा भैरहवामा अवतरण गर्ने तालीका तय भएको छ ।
बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्दैछ । जजिराको फ्लाइट नम्बर जी९–५४५ को पहिलो उडान कुवेतबाट स्थानीय समयअनुसार साँझ साढे ६ बजे उडेर भैरहवामा १ बजेर ४५ मिनेटमा आइपुग्नेछ । सो जहाज उडान जे९–५४६ बाट साढे २ मा उड्नेछ ।

जजिराले साताको ३ दिन उडान भर्ने बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एउटा मात्र रनवेले कारण ट्राफिक जाम हुनेगरेकाले जाम व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको हो ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सानाठूला गरी दैनिक पाँच अन्तर्राष्ट्रिय उडान एकैचोटी भर्नसक्ने तीन हजार ५०० मिटर लामो धावनमार्ग भएकाले उडान अवतरणमा सहज हुने अपेक्षा लिइएको छ ।

विमानस्थल सञ्चालन भएसँगै काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एअर ट्राफिक पनि घट्ने अनुमान गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्