Shikhar Insurance

विवाहको लगन नसकिँदै सस्तिन थाल्यो सुन

सिंहदरबार संवाददाता
२०७९ बैशाख २८, बुधबार ११:४२
NIMB
Nabil Bank

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९७ हजार तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर आसपास कारोबार भइरहेको छ ।

वि.सं. २०७९ को वैशाख र जेठमा सर्वाधिक विवाहको लगन छन् । वैशाखको २६ देखि ३१ गतेसम्म लगन परेको छ । जुन सकिन अझै ३ दिन बाँकी छ । जेठमा पनि ११ लगन छन् जसमध्ये ४ वटा लगन पहिलो सातामै छन् ।

यता वैशाख ३० गते स्थानीय तह सदस्यको निर्वाचन हुँदैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्