Shikhar Insurance

प्राइम, गुराँस र युनियन मर्जर भएर एउटै जीवन बीमा कम्पनी बन्ने, एमओयू सम्पन्न

सिंहदरबार संवाददाता
२०७९ बैशाख २९, बिहीबार १७:१९
NIMB
Nabil Bank

काठमाडौं । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्ज हुने भएका छन् । ३ कम्पनी मिलेर एउटै जीवन बीमा कम्पनी बन्न लागेका हुन् ।

यी कम्पनीबीच मर्जरमा जाने सहमतिमात्र भएको हो । अन्य मोडालिटी तय गरिएको छैन ।

Citizen Life
Kumar Bank
Nepal Life

मर्जपछि बन्ने कम्पनीको नाम नयाँ राखिने र जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा अब्बल बन्ने बताइएको छ ।

जीवन बीमा कम्पनीहरूमध्ये पहिलो मर्जरको सैद्धान्तिक सहमति गरिएको प्राइमका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले सिंहदरबारलाई जानकारी दिए । उनका अनुसार कुन अनुपातमा मर्ज हुनेलगायत प्राविधिक विषय अध्ययन पछि टुंगो लगाउने गरी एउटै कम्पनी बन्ने सहमति भएको हो ।

बीमा समितिको पछिल्लो निर्देशन अनुसार जीवन बीमा कम्पनीहरूले चुक्ता पुँजी ५ अर्ब रूपैयाँ पुर्‍याउनु पर्ने हुन्छ । समितिलाई बिमा कम्पनीहरूले आफ्नो पुँजीवृद्धि योजना बुझाइसकेका छन् ।

निर्जीवन बीमा कम्पनीहरू मध्ये एभरेस्ट इन्स्योरेन्स र हिमालयन इन्स्योरेन्स बीच पनि मर्जरको समझदारी भइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्