Shikhar Insurance

‘नबिल-एनबी एक्विजिसन’ गिजोल्न व्यापक प्रयास, सर्वोच्चको अल्पकालीनले निम्त्यायो झमेला

सिंहदरबार संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार १४:०४
NIMB
Nabil Bank

काठमाडौं । मर्जरको प्रस्ताव पारित गर्न विशेष साधारसभा गर्न ठीक्क परेका बसेका नबिल र नेपाल बंगलादेश (एनबी) बैंकलाई झमेला थपिएको छ । गत पुस अन्तिममै सम्झौता भएको दुई बैंकको मर्जरलाई विभिन्त तत्वले गिजोल्ने प्रयास गरेका हुन् । त्यसमा पछिल्लो समय सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशले झन् अन्योलता सिर्जना गरेको छ ।

नबिलले नेपाल बंगलादेशलाई १०० बराबर ४३ को अनुपातमा प्राप्ति गर्ने सम्झौता भएको थियो । जसलाई सफल बनाउन नदिन नेपाल बंगलादेश सेयरहोल्डरहरूमध्ये एउटा समूह लक्ष्मीबहादुर श्रेष्ठको एनबी इन्टरनेसनल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड लागिपरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले भने सर्वोच्च अदालतले एउटा आदेश दिएको छ जसका कारण मर्जर प्रक्रिया थप गिजोलिन सक्न संकेत गरेको छ । दिव्येश्वरी इन्भेष्टमेन्टले नेपाल बंगलादेश बैंक, एनसीसी बैंक र सञ्चालकलाई विपक्षी बनाएर हालेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अन्तरिम आदेश दिने कि नदिने भन्ने तय गर्न दुवै पक्षलाई जेठ ३ गते बोलाइएको छ ।

दिव्यश्वरीले जस्तै अर्को रिट नेपाल पावर डेभलपमेन्ट एन्ड इन्भेष्टमेन्ट कम्पनीले पनि हालेको छ । नबिल बैंकसमेत नेपाल बंगलादेश लाई पनि विपक्षी बनाइएको सो मुद्दामा अन्तरिम आदेश दिन कि नदिने भनेर जेठ ३ गते नै बोलाइएको छ ।

न्यायधीस बमकुमार श्रेष्ठको एकल इजालसले यस्तो आदेश दिएको छ । जेठ ३ गते हुने संयुक्त इजलासले अन्तरिम आदेश दिए नबिल र नेपाल बंगलादेशको मर्जर थप गिजोलिने बताइएको छ ।

दुवैं बैंकले एक्विजिसनको विशेष प्रस्तावसहित जेठ ७ गते विशेष साधारणसभा बोलाएका छन् । जानकारका अनुसार नेपाल बंगलादेशको मुख्य सेयरधनी मध्ये एनबी ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठ र नेपाल बंगलादेशको बंगलादेशी साहु कम्पनी आएफआईसीसँग सेयर किन्ने सम्झौता गरेर पनि किन्न नपाएका मोतिलाल दुगड मर्जर भाँड्न चाहन्छन् ।

दुई बैंकलाई एक बन्न नदिन श्रेष्ठ र दुगडसँगै अन्य व्यवसायीहरू पनि लागि परेका छन् । सर्वोच्चमा मुद्दा हालेर अल्पकालीन अन्तरिम पाउने दिव्येश्वरी इन्भेष्टमेन्टमा दुगडसहित शंकर ग्रुपका सुलभ अग्रवाल र साहिल अग्रवाल, शेखर गोल्छा र पशुपति मुरारका समेतको लगानी छ । उनीहरू पनि नेपाल बंगलादेशलाई नबिलकहाँ सुम्पन दिनु नहुने पक्षमा छन् ।

चौधरी समूहले नेपाल बंगलादेशको सेयर किन्न ६ अर्ब १८ करोड रूपैयाँ जुटाउनुपर्नेछ । त्यतिको ठूलो रकम जुटाउन पनि समय लाग्ने बताइएको छ ।

नेपाल बंगलादेशको सेयर किन्न सनराइजका अध्यक्ष मोतिलाल दुगड फिट एन्ड प्रपर टेस्टमा फेल हुने बताइएको छ । अर्का दावेदार श्रेष्ठ वर्षदिन अघि नै फिट एन्ड प्रपरमा फेल भइसकेका हुन् ।

प्रतिकित्ता रु १५० मा सारिका चौधरीलाई नै सेयर बेच्ने पक्का भइसक्योः आईएफआईसी

नेपाल बंगलादेशमा रहेको आईएफआईसीको सेयर चौधरीले किन्न यसकारण मिल्छ, दुगडले यसकारण मिल्दैन !

नेपाल बंगलादेश बैंकको सेयर खरिद प्रकरणः दुगडको दावी कमजोर, चौधरीलाई बाटो खुल्दै

यसरी भयो नबिल बैंकले नेपाल बंगलादेश ‘प्राप्ति’ गर्ने सम्झौता, वित्तीय सूचकांकमा झन् अब्बल बन्नेछ नबिल

नेपाली बैंकिङ इण्डष्ट्रीमा व्यावसायिक भविष्य नदेखेपछि २७ वर्षपछि फर्कियो आईएफआईसी

स्वाप रेसियो बार्गेनिङ चलिरहेको नबिल र एनबीको मर्जरमा सनराइजको छड्के !

मर्जरमा असफलताको स्वाद चाख्दै राष्ट्र बैंक, नीतिमा ‘नियत’ फेरिँदा सास्ती

GBIME

प्रतिक्रिया दिनुहोस्