Shikhar Insurance

उद्योगी व्यवसायी नेताहरूले कहाँबाट गरे मतदान ?

सिंहदरबार संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार १३:५२
NIMB
Nabil Bank

काठमाडौं । उद्योगी व्यवसायीहरूले पनि मतदान गरेका छन् । आज भइरहेको स्थानीय तह निर्वाचनमा उनीहरू पनि जनप्रतिनिधि चयन गर्न होमिएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाडौं महानगरपालिका अन्तर्गतबाट मतदान गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

गोल्छाले काठमाडौंको सितापाइला स्कुलबाट मतदान गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मतदान गरेका छन् । बिहान साढे ८ बजेतिर उनले काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर वरिष्ठ उपाध्यक्ष ढकालले मत खसाले ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले थापाथलीको गुहेश्वरी माविबाट भोट हालेका छन् ।

उद्योगी विनोद चौधरीले मतदान गरेका छन्।

नेपाली कांग्रेसका सांसद चौधरीले नवलपुरको देवचुली नगरपालिका-२ को दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गरे ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले  काठमाडौं महानगरपालिका वडा नं १ हिटी दरबारबाट मतदान गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्