Shikhar Insurance

देशभर ६४ % मत खस्यो, सबैभन्दा धेरै मतदाता रहेको कामनपामा सबैभन्दा कम ५२ %

सिंहदरबार संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार २०:४६
NIMB
Nabil Bank

काठमाडौं । निर्वाचन आयोग नेपालले देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ। आयोगले यो संख्या बढ्न सक्ने जनाएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले अपेक्षा गरेअनुसार मतदान हुन नसकेको बताए।

Citizen Life
Kumar Bank
Nepal Life

उनले सबैभन्दा धेरै मतदाता रहेको काठमाडौंमा समेत ५२ प्रतिशत मात्रै मत खसेको बताए।

उनले अहिलेसम्मको तथ्यांकअनुसार २८ वटा मतदान स्थलमा मतदान स्थगन भएको र एकैचरणमा निर्वाचन गर्नुपरेको कारण चाहेजति सुरक्षा नभएको हो कि भन्ने भान भएको बताए।

‘आज यसबेलासम्म ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ। यसमा बढोत्तरी पनि हुनेछ। निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने हामीलाई लागेको छ’, उनले भने, ‘काठमाडौं महानगरपालिकाको मतदानको स्थिति शान्तिपूर्ण र सहज हुँदा हुँदै पनि ५२ प्रतिशतको हाराहारीमा मात्रै मतदान भएको प्रारम्भिक अनुमान छ। यो सन्तोषजनक छैन।’

GBIME

प्रतिक्रिया दिनुहोस्