Shikhar Insurance

पेट्रोलको भाउ लिटरको १ सय ९२ रूपैयाँ पुग्दै, भारतलाई १३ अर्ब उधारो तिर्न बाँकी

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २, सोमबार २०:१९
NIMB
Nabil Bank

काठमाडौं । भारतीय आयल निगम(आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य फेरि बढाएर पठाएको छ । आईओसीले सोमबार पठाएको मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ८ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र हवाई इन्धनमा ७ रुपैयाँ बढेको छ ।

आइओसीले प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा अन्तर्राष्ट्रिय बजारमा भएको घटबढ अनुसारको नयाँ मूल्य सूची पठाउने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले नेपालले खरिद गर्ने प्रशोधित तेलको मूल्य समेत बढेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मट्टितेल र एलपीजी ग्याँसको मूल्य भने अहिलेको मूल्य सूचीमा बढेको छैन ।

निगमले २ दिन अघिमात्र पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँको दरले मूल्य वृद्धि गरेर पेट्रोल १७०, डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पुर्‍याएको थियो । बढेको मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पनि १५ दिनमा झन्डै सवा ४ अर्ब रुपैयाँ घाटा रहेको निगमले बताउँदै आएको छ । भारतले भाउ बढाएर पठाएपछि यो घाटा ४ अर्ब ४९ करोड रूपैयाँ पुगेको छ ।

नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ, डिजेलमा ३५ रुपैयाँ, मट्टितेलमा र एलपीजी ग्याँसमा प्रतिसिलिन्डर १ हजार ५० रुपैयाँ घाटा छ ।

यसको अर्थ केही दिनमै पेट्रोलको भाउ प्रतिलिटर १ सय ९२ रूपैयाँ पुग्ने भएको छ । आगामी बजेटमार्फत लागतअनुसार मूल्य समायोजन गरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने व्यवस्था गरिने भएको हो ।

यस्तो कार्यक्रम बजेटमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत यो कार्यान्वयन हुने बताइएको छ ।

गत चैत २२ गते अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले इन्धनलाई लागत मूल्यमै बेच्न निर्देशन दिएका थिए । तर, मन्त्री शर्माको निर्देशन व्यवहारमा भने ल्याइएको थिएन ।

अबभने आगामी आवको बजेटमा सो व्यवस्था उल्लेख गर्ने तयारी गरिएको छ ।

चालु आवमा नेपाल आयल निगम करिब ४० अर्ब रुपैयाँ घाटामा गइसकेको छ । निगम बचाउनै भएपनि भारतबाट तेल जुन मूल्यमा आउँछ त्यतिमै बेच्नुपर्ने स्थिति आएको छ ।

यता निगमले आईओसीलाई १२ अर्ब ८० करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । एक साताभित्र निगले करिब १८ अर्ब रूपैयाँ तिर्नुपर्ने हुन्छ ।

निगमले पेट्रोलियम पदार्थको घाटा थेग्न नसक्ने भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आफ्नो तर्फबाट पेट्रोलियम खपत घटाउने विभिन्न उपाय सुझाउँदै आएको छ । जसमध्ये शनिबार र आइतबार गरी २ दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदबाट भइसककेो छ । निगमले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउन पनि सुझाव दिएको छ ।

सरकारले बजेटमार्फत कर नघटाइ पेट्रोलियमको परल मूल्य निर्धारण गर्‍यो भने पेट्रोलको भाउ १९२ रुपैयाँ ९४ पैसा र डिजेलको १८८ रुपैयाँ २३ पैसा र ग्यासको मूल्य २६५० रूपैयाँ १८ पैसा पुग्नेछ । तर, त्यसअघि नै क्रमैसँग भाउ बढाउँदै लैजाने तयारी गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्