Shikhar Insurance

मन्त्रिपरिषद पुनर्गठनको तयारी, बजेट कुर्ने कि चुनावको नतिजा ?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार १०:३२
NIMB
Nabil Bank

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषाद पुनगर्ठनको तयारी थालेको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धनले सफलता प्राप्त गरेको र आगामी प्रदेश तथा संघीय निर्वाचनमा गठबन्धनलाई थप बजबुत बनाउनुपर्ने प्रारम्भिक निष्कर्षसहित मन्त्रिपरिषद पुनर्गठनबारे छलफल सुरु भएको हो ।

‘स्थानीय तहको निर्वाचन सकियो, गठबन्धनले सफलता पायो, आगामी दिनमा यसलाई थप बलियो र व्यवस्थित बनाउँदै लैजानुपर्नेछ । प्रदेश र संघीय निर्वाचनलाई मध्यनजर गर्दै मन्त्रिपरिषाद पुनर्गठनबारे छलफल हुँदैछ’, पाँच दलिय सत्ता गठबन्धनका एक नेताले सिंहदबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता लागु हुनु अघि अर्थात चैत १६ गते पहिले नै मन्त्रिपरिषद पुनर्गठनका लागि शिर्ष नेताहरु तयार थिए । तर निर्वाचनको मुखमा मन्त्रि हेरफेर गर्दा सकारात्मक सन्देश नजाने भन्दै स्थानीय तहको निर्वाचनसम्म कुरिएको पनि ति नेताले बताए ।

बजेट कुर्ने कि चुनावको नतिजा ?
शिर्ष नेताहरुका बीचमा आगामी बजेटसम्म कुर्ने की त्यस अगावै पुनगर्ठन गर्ने भन्नेबारे छलफल जारी छ । ‘बजेटको मुखमा मन्त्री फेर्दा केहि असहजता आउँछ की भन्ने पनि छ । बजेट एउटाले ल्याउने अनि अर्काेले कार्यान्वयन गर्नुपर्ने अवस्था आउँदा पनि केहि अप्ठेरो हुन्छ । नेताहरुबीच छलफल जारी छ ।’

अधिकांश मन्त्रीको बहिर्गमन
सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस र साँझेदार माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादीले अधिकांश मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका छन् । त्यसो त सरकार गठन ताका नै गठबन्धनमा आवद्ध दलहरुले आधा आधा कार्यकाल मन्त्री बनाउने समझदारी गरेका थिए ।

केहि मन्त्रीहरुको बिभागिय जिम्मेवारी समेत हेरफेर हुन सक्नेछ । माओवादी केन्द्रभित्र अर्थमन्त्री फेर्न दबाव छ । त्यस बाहेक हाल जिम्मेवारीमा रहेका अधिकांश मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ टिम पठाउनुपर्ने दबावमा अध्यक्ष प्रचण्ड छन् । एकिकृत समाजवादीले पनि कानुन मन्त्री गोबिन्द बन्दी बाहेक सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । जसपाबाट पनि अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु मन्त्री बन्ने सम्भावना छ ।

अर्थमन्त्री के हुन्छन् ?
अर्थमन्त्री जनार्दन शर्माले यतिबेला बजेटको तयारी अन्तिम चरणमा पुर्याएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको टकरावका कारण मन्त्री शर्मालाई हटाउन दबाव पनि छ । गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएपछि सरकार नैतिक संकटमा छ । त्यसो त मन्त्री शर्मालाई हटाउन माओवादी भित्रै बर्षमान पुनः समुह लागि परेको बताइन्छ । शर्मालाई फिर्ता बोलााएर पुन आफै अर्थमन्त्री बन्ने खेलमा छन् । तर माओवादीले पार्टी जिम्मेवारी र मन्त्रीको जिम्मेवारीमा सझदारी गराउँदा शर्माले अर्थमन्त्री वा महासचिव मध्ये एक पद सुनिश्चित गर्ने श्रोत बताउँछ ।

चैत १५ अगावै मन्त्रिपरिषद पुनर्गठन हुँदै, अर्थसहित महत्वपूर्ण मन्त्री फेरिने

मन्त्रीपरिषद पुनर्गठनको तयारी, अर्थमन्त्री फेरिँदै

GBIME

प्रतिक्रिया दिनुहोस्