Shikhar Insurance

मर्जरमा जाने हल्लाले बीमा कम्पनीको सेयर धमाधम बेच्ने मनसायमा लगानीकर्ता

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार ११:१९
NIMB
Nabil Bank

काठमाडौं । मर्जरमा जाने हल्लाले सेयर लगानीकर्ता बीमा कम्पनीको सेयर बेच्ने मनशायमा पुगेका छन् । मर्जरमा जाँदा लामो अवधिसम्म सेयर कारोबार रोक्का हुने डरले लगानीकर्ताले सेयर होल्ड नगर्ने पक्षमा पुगेका हुन् ।

“राइट दिने हल्लाले सेयर किनियो, अहिले बीमा कम्पनीहरू मर्जरमा जाने निर्णय गर्न छन्,” एक लगानीकर्ताले सिंहदरबारसँग भने, “मर्जमा गए भने त महिनौंसम्म पनि सेयर बेच्न पाइँन्न ।” उनले त्यसैले आफू बीमा कम्पनीको सेयर बेच्ने मनसायमा पुगेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

हालै निर्जीवनतर्फ हिमालयन जनरल र युनाइटेड तथा जीवन बीमातर्फ प्राइम, गुँरास र युनियनले मर्जरको सम्झौता गरेका छन् । नेपाल स्टक एक्सचेन्जले यी कम्पनीको सेयर कारोबार रोक्का गरिसकेको छ ।

यसअघि भएका मर्जरमा पनि लगानीकर्ताले महिनौंसम्म सेयर बिक्री गर्न पाएका छैनन् । पछिल्लो समय हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको पनि सेयर कारोबार रोक्का छ भने नबिलले प्राप्ति गर्ने भनेको नेपाल बंगलादेशको सेयर पनि लगाीकर्ताले बेच्न पाएका छैनन् ।

अल्पकालमा बढ्ने आशाले सेयर किन्ने लगानीकर्ता कारोबार रोक्का कारण फस्न थालेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमका सभापति तथा नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेल कुनै पनि अध्ययन र विश्लेषण बिना आज भन्दा १२ वर्ष अघि मर्जर एन्ड एक्विजिसनमा सेयर कारोबार रोक्का गर्ने प्रचलनले करिब ५२ लाख डिम्याट होल्डरको सम्पतीलाई फ्रिज गरेको बताउँछन् । यो विधिले पुँजी बजारको सुन्दर पक्षलाई दिन प्रतिदिन धूमिल बनाएको उनको दाबी छ । सेयर कारोबार रोक्का हुँदा सरकारले पनि ठूलो राजस्व गुमाएको तर्क उनको छ ।

पौडेलले ढिला नगरी रोक्का प्रकियालाई समय सापेक्ष सुधार गर्नु पर्ने विषयमा सम्बन्धित निकायले ध्यान पुर्‍याउनु पर्ने आवस्यकता रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।

“मेरो जानकारी भएसम्म हाम्रो जस्तो महिनौं सम्म कारोबार रोक्का गर्ने चलन दुनियाँको कुनै पुँजी बजारमा छैन,” उनले लेखेका छन्, “विज्ञ साथीहरुले अब धितोपत्र वोर्ड र नेप्सेलाई सुझाव दिने हो कि ?”

GBIME

प्रतिक्रिया दिनुहोस्