Shikhar Insurance

निक्षेप नआउँदा बैंकहरूले कर्जा विस्तार गर्न सकेनन् : वृद्धिदरको लक्ष्य १९%, स्थिति १३% मात्र (तथ्यांक)

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १६:०९
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुबाट निकै सुस्त दरमा कर्जा प्रवाह भएको तथ्य सार्वजनिक भएको छ । नेपाल बैंकर्स संघका अनुसार आव २०७८÷७९ को वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले गत आवको अन्त्यसम्मको तुलनामा मात्र १२.६५ प्रतिशतले कर्जा विस्तार गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै आवभर १९ प्रतिशतले कर्जा विस्तारको लक्ष्य सार्वजनिक गरेको थियो । आर्थिक वर्ष सकिनँ २ महिनामात्र बाँकी छँदा कर्जा प्रवाहको सर्वाधिक हिस्सा ओगट्ने वाणिज्य बैंकबाट निकै कम कर्जा प्रवाह भएको देखिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

संघका अनुसार गत असार ३१ सम्म वाणिज्य बैंकहरुले कुल ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । वैशाख मसान्तसम्म कुल कर्जा प्रवाह ४ खर्ब ७० अर्ब ६७ करोडले बढेर ४१ खर्ब ९१ अर्ब ४२ करोड पुगेको छ ।

राष्ट्र बैंकको लक्ष्य अनुसार पुर्‍याउन चालु आर्थिक वर्षको अन्तिम २ महिनामा वाणिज्य बैंकहरूले अझै करिब २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्ने आवश्यकता देखिएको छ । बजेट मार्फत् लिइएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नेपाल राष्ट्र बैंकले तय गरेको मौद्रिक औजारअनुसार जेठ र असारमा मासिक १ खर्ब रुपैयाँभन्दा बढीका दरले कर्जा प्रवाह गर्नसक्ने स्पेस देखाएको हो ।

आर्थिक वृद्धि र मुद्रास्फीतिका लागि राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ मा निजी क्षेत्रतर्फको कर्जा १९ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको थियो । गत ब्व अन्त्यसम्म वाणिज्य बैंकबाट प्रवाह भएको कर्जामा १९ प्रतिशत थप गर्दा आउने असार मसान्तसम्म यस्तो कर्जा ४४ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ पुर्याउनु पर्ने हुन्छ ।

निजी क्षेत्रको गतिविधि चलायमान बनाइ उल्लेखित आर्थिक सूचकांक लक्ष्य हासिल गर्न राष्ट्र बैंकले तय गरेको लक्ष्य अनुसार वाणिज्य बैंकले वर्षभरमा ७ खर्ब ७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गर्नुपर्ने हुन्छ ।

तर, वैशाख मसान्तसम्म वाणिज्य बैंकले ४ खर्ब ७० अर्ब ६७ करोड रुपैयाँ कर्जा थपेका छन् । अर्थात् बाँकी २ महिनामा वाणिज्य बैंकसँग २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा थप गर्नसक्ने स्पेस छ ।

गत असार मसान्तसम्म भएको कर्जा प्रवाहको तुलनामा सबैभन्दा बढी कर्जा विस्तार एनसीसी बैंकले गरेको छ । बैंकले १० महिनामा २४.३६ प्रतिशतले कर्जा बढाउन सफल भएको हो ।

यस्तै हिमालयन, लक्ष्मी, स्ट्यान्डर्ड चार्टर्ड, सनराइज र नेपाल बैंकले पनि १९ प्रतिशतभन्दा बढीले कर्जा बढाइसकेका छन् ।

कर्जा विस्तार गर्नै नसक्ने बैंकको सूचीमा एनआईसी एशिया अग्र स्थानमा छ । बैंकले १० महिनामा ३.४८ प्रतिशतले मात्र कर्जा बढाउन सकेको छ ।

कर्जा प्रवाह विस्तार हुन नसक्नुको कारण हो, निक्षेपको अभाव ।

१० महिनामा निक्षेप जम्मा ४.०१ प्रतिशतले मात्र बढेको छ । बैंकर्स संघको तथ्यांकले गत असार मसान्तसम्म ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ रहेको कुल निक्षेप जम्मा १ खर्ब ६८ अर्ब ३९ करोडले बढेर ४३ खर्ब ६९ अर्ब ७८ करोड कायम भएको छ ।

राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरी सीडी रेसियो कार्यान्वयनमा ल्याएपछि बैंकहरु कर्जा विस्तार गर्नै नसक्ने अवस्थामा पुगेका हुन् । केन्द्रीय बैंकको निर्देशन अनुसार असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशत कायम गरिसक्नुपर्छ ।

एकातिर नाफाका लागि र समग्र आर्थिक लक्ष्य हासिल गर्न पनि कर्जा बढाउनुपर्ने तर अर्कातरि राष्ट्र बैंकको परिबन्धले बैंकहरु तनाबमा पुगेका छन् ।

सिमित स्रोतका कारण उनीहरुको निक्षेप जुटाउन सकिरहेका छैनन् । कोरोना महामारीको प्रभाव कम भएर अर्थतन्त्रमा गतिविधि बढ्न थालेपनि बैंकमा पैसा आउन थालेको छैन ।

यस अवधिमा सञ्चालनमा रहेका ८ वटा बैंकको उल्टै निक्षेप घटेको छ ।

१० महिनामा सबैभन्दा बढी निक्षेप राष्ट्रिय वाणिज्य बैंकबाट बाहिरिएको छ । बैंकबाट १८ अर्ब रुपैयाँ निक्षेप घट्दा निक्षेप घट्नेदर नेपाल बंगलादेश बैंकको बढी छ ।

नबिल बैंकसँग बिलय हुने भएपछि एनबीमा नयाँ निक्षेप आएको छैन ।

यस अवधिमा कृषि विकास, बैंक अफ काठमाण्डू, सेन्चुरी, ग्लोबल आईएमई एनआईसी एशिया र प्राइम बैंकको पनि निक्षेप घटेको छ ।

तर, सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, एनसीसी, सानिमा, एनएमबि, लक्ष्मी, हिमालयन र नेपाल बैंकले भने आफूसँग रहेको निक्षेप १० प्रतिशतले बढाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्